डडेल्धुरा- डडेल्धुराबाट लागूऔषधसहित चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागूऔषध चरेश रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त चरेश फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।
डीएसपी भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आइतबार जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ। उनको साथबाट ६.५४० किलोग्राम चरेश बरामद गरिएको उनले बताए।