शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ६ किलोग्राम चरेशसहित डडेल्धुराबाट एक जना पक्राउ

साढे ६ किलोग्राम चरेशसहित डडेल्धुराबाट एक जना पक्राउ

डेल्धुराबाट लागूऔषधसहित चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

National life

डडेल्धुरा- डडेल्धुराबाट लागूऔषधसहित चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागूऔषध चरेश रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त चरेश फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

डीएसपी भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आइतबार जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ। उनको साथबाट ६.५४० किलोग्राम चरेश बरामद गरिएको उनले बताए।

प्रकाशित: Dec 11, 2022| 13:23 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।