काठमाडौं- देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सप्तरी, रुपनी गाउँपालिका-६ वीरेन्द्रबजारस्थित सडकमा स.४ प १६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका-१ खोकसर प्रवाहा बस्ने ४५ वर्षीय शिवजी पासवानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नहडास्थित सडकमा ३ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा को.१७ प ६९४४ नम्बरको मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-२ लालभित्ती बस्ने ३५ वर्षीय हर्क बहादुर राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त मोटरसाइकल, प्र.१-०२-०४३ प १७१ नम्बर र को.३८ प ९२१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो। साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-८ थकालीचोकमा बा.१० च ६७१७ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५३ वर्षीय गंगादत्त पाध्यको शनिबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय कालिगण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काभ्रे, भुम्लु गाउँपालिका-७ पाटी बगरस्थित सुनकोशी नदीको बगरमा बिर बि एण्ड सन्स वालुवा तथा रोडा उद्योगको प्रदेश ३-०१-००३ क ७६०३ नम्बरको स्काईभेटर चलाउँदै गरेको अवस्थामा स्काईभेटरबाट लडेर चालक नवलपरासी(पूर्व) बौडीकाली गाउँपालिका-६ घर भएका २४ वर्षीय सोनाल चुहान मगरको शनिबार साँझ मृत्यु भएको छ। रिंगटा लागेर अचानक लड्दा गम्भीर घाइते भएको बताइएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सर्लाही, हरिवन नगरपालिका-१ भोक्टेनीस्थित सडकमा ज.१ च १७१९ नम्बरको बोलेरो गाडीले ना.५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-८ डाँडाटोल बस्ने २२ वर्षीय नविन राईको शनिबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोध्या अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कालीकोट, सान्नित्रिवेणी गाउँपालिका-१ अँधेरीखोलास्थित सडकमा प्रदेश ३-०१-००३ क ६७७४ नम्बरको टायरबाला जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा जेसिबीमा सवार ८ जनामध्ये ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा जेसिबीमा सवार सान्नित्रिवेणी गाउँपालिका-१ बस्ने ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका-२ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै तथा रास्कोट नगरपालिका-७ बस्ने २२ वर्षीय मिलन शाहीको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ता भएका जेसिबी चालक सहित ३ जनाको प्रहरीले खोजी गरिरहेको छ।
कैलाली, गोदावरी नगरपालिका-७ हरैया चोकमा से.७ प ७७९३ नम्बरको मोटरसाइकल सु.प.प्र.०१-००२ त ६४६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-८ राजघाट बस्ने २३ वर्षीय छबिलाल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवन, ईच्छाकामना गाउँपालिका-२ काउले दुम्किनस्थित सडकमा ना.६ त ९७८९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय सोम बहादुर गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ, घोराही उपमहानगरपालिका-२ बलिङग खोलास्थित सडकमा रा.२ प ४८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।