शुक्रबार, साउन १, २०८३

नेपाल रत्न पुष्पलाललाई, क-कसले पाए पदक ? (नामावलीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यसवर्षको नेपाल रत्न पदक पुष्पलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । संविधान दिवसको अवसर पारेर सरकारले मरणोपरान्त पुष्पलाललाई नेपाल रत्न पदन प्रदान गर्ने निर्णय गरेको हो । 

यस वर्ष राष्ट्रगौरव पदकबाट भने कोही पनि सम्मानित नहुने भएका छन् । उक्त पदकका लागि उपयुक्त पात्र नभेटिएको भन्दै सरकारले कसैको पनि नाम सिफारिस नगरेको जनाइएको छ । यसैगरी महाउज्ज्वल राष्ट्रदीप पदकबाट गजेन्द्रनारायण सिंह, अम्बर गुरुङ (मरणोपरान्त), सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित हुने भएका छन् ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पदकबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सम्मानित हुने भएका छन् । उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी पदकबाट समाजशास्त्री तथा इतिहासविद् डा. बालकृष्ण पोखरेल, संस्कृतिविद् डा. जगमान गुरुङलगायत सम्मानित हुँदै छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार, खेलाडीलगायत ४ सय २१ जनालाई विभूषित गर्दैछ । यस वर्ष मान पदवी पदकबाट ३ सय ३३ जना, अलंकार पदकबाट ८७ जना र पदकबाट ८६ जना सम्मानित हुने गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।