काठमाडौं- कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो। उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए। बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ।