शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप क्वार्टरफाइनलमा हेविवेट भिडन्तः इंग्ल्यान्ड बलियो कि फ्रान्स?

विश्वकप क्वार्टरफाइनलमा हेविवेट भिडन्तः इंग्ल्यान्ड बलियो कि फ्रान्स?

विश्व वरीयता, लयमा रहेका खेलाडी, पछिल्लो विश्वकपको नतिजा, घरेलु लिगजस्ता कुराहरु हेर्ने हो भने जारी विश्वकपकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल यो नै हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– कतार विश्वकपमा आज शनिबार डिफेन्डिङ च्याम्पियन फ्रान्सले अर्को हेभिवेट इंग्ल्यान्डको अन्तिम क्वार्टरफाइनल खेलमा सामना गर्दैछ। विश्व वरीयता, लयमा रहेका खेलाडी, पछिल्लो विश्वकपको नतिजा, घरेलु लिगजस्ता कुराहरु हेर्ने हो भने जारी विश्वकपकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल यो नै हो।

National life

किनभने इंग्ल्यान्डको टिममा बुकायो साका, जुड बेलिङ्घम, मार्कस रासफर्डजस्ता उत्कृष्ट युवा खेलाडी छन्। फ्रान्सको टिममा रहेका केलियन एम्बाप्पे त जारी विश्वकपको लिडिङ स्कोरर नै भइहाले। विश्वमै सबैभन्दा ठूलो लिग भएको देश हो इंग्ल्यान्ड। यस्ता ठूलो प्रतियोगितामा इंग्ल्यान्डको फुटबल मात्र होइन, उसका समर्थकको पनि धेरै चर्चा हुने गरेको छ।

साविक विजेताका हिसाबले फ्रान्स पनि धेरै बलियो टिम हो। त्यसैले पनि आजको म्याच खेल मात्र नभएर फुटबलका शक्ति राष्ट्रबीचको लडाइँ पनि हो। तर विश्वकपको कुरामा यी दुई देशले धेरै भेटघाट चाहिँ गरेका छैनन्। युरोपियन फुटबलमा अक्सर जुधिरहने यी दुई टिमबीच तेस्रो पटक विश्वकप भेट हुन लागेको हो। यसअघि दुवै खेलमा इंग्ल्यान्डले फ्रान्सलाई हराएको छ। १९६६ मा इंग्ल्यान्डले २–० को जित निकालेको थियो भने १९८२ को समूह चरणमा ३–१ को जित निकालेको थियो।

सबै प्रतियोगिताका पछिल्लो आठ खेलमा चाहिँ फ्रान्सले इंग्ल्यान्डसँग एक खेलमा मात्र हार बेहोरेको छ। इंग्ल्यान्डका लागि यो निकै खराब नतिजा हो। जहाँ पाँच खेलमा इंग्ल्यान्ड हारेको छ भने दुई बराबरी भएका छन्।

त्यसमाथि इंग्ल्यान्डको जित पनि मैत्रीपूर्ण खेलमा मात्र थियो। पछिल्लो समय यी दुई टिमबीच खेल भएका छैनन्। सन् २०१७ पछि यी दुई टिमले पहिलो पटक खेल्न लागेका हुन्।

Laxmi sunrise bank
kumari

विश्वकपमा इंग्ल्यान्डको पछिल्लो यात्रा हेर्ने हो भने नकआउटमा छ पटक युरोपेली देशसँग हार बेहोरेर बाहिरिएको छ। तर आफ्नो पछिल्ला १० विश्वकप खेलमध्ये आठ खेलमा फ्रान्सले जित निकालेको छ। फ्रान्सको यो नतिजा चाहिँ तेस्रो स्थान, प्लेअफ र फाइनललाई पनि जोडेर गणना गरिएको हो।

अहिले फ्रान्सले विश्वकपमा फरक स्वाद पस्किएको छ। सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता साविक विजेताले विश्वकपमा समूह चरण नै पार गर्न सकेका थिएनन्। २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै आउट भए। त्यो लयलाई फ्रान्सले तोडेको छ।

यता, ग्यारेथ साउथगेटीलाई अहिले एउटा मौका छ। उनी दुई विश्वकपमा आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याउने पहिलो प्रशिक्षक बन्न चाहन्छन्। उनले सन् २०१८ मा पनि आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याएका थिए। त्यहाँ इंग्ल्यान्डले क्रोएसियासँग हार बेहोरेको थियो।

थ्री लायन्स उपनाम दिइएको इंग्लिस टिमलाई यसअघि आल्फ रामसीले सन् १९६६ मा र बोब्बी रोबसनले सन् १९९० मा सेमीफाइनलको यात्रा गराएका थिए।

प्रकाशित: Dec 10, 2022| 19:53 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।