मंगलबार, फागुन १९, २०८२

धारा नेपालगन्ज म्याराथनको उपाधि खड्कालाई

शनिबार नेपालगन्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घन्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

बाँके– आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन्।शनिबार नेपालगन्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घन्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।     

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी २ घन्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले २ घन्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे। यसअघि सातौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए।

उपाधि विजेता खड्काले १ लाख ५० हजार पुरस्कार प्राप्त गरे। दोस्रो भएका रावतले ६० हजार र तृतीय भएका जोशीले ३० हजार पुरस्कार प्राप्त गरे। यस्तै, आठौं संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन्। उनी सातौं संस्करणकी समेत च्याम्पियन हुन्। उनले निर्धारित दूरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गरिन्।

सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी १ घन्टा २५ मिनेट १५ सेकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले १ घन्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्। दुवै जनाले क्रमशः ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए।

हरेक वर्ष ५ मंसिरमा आयोजना गर्ने गरिएको म्याराथन यस वर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए। प्रतियोगिता क्रियटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो।–रासस

kumari

प्रकाशित: Dec 10, 2022| 15:09 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।