बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाले पाए कांग्रेसमा समानुपातिक सूचीको टुंगो लगाउने जिम्मा

प्रधानमन्त्री देउवाले पाए कांग्रेसमा समानुपातिक सूचीको टुंगो लगाउने जिम्मा

कांग्रेस मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठक असफल भएपछि समानुपातिकको सूची तयार गर्ने जिम्मा सभापति देउवालाई दिइएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ। 

National life

कांग्रेस मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठक असफल भएपछि समानुपातिकको सूची तयार गर्ने जिम्मा सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशरण महतले बताए। देउवाले सूची टुंगो लगाउन बालुवाटारमा  पदाधिकारी बैठक बोलाएका छन्। 

केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सभापतिले सूचीलाई अन्तिम रूप दिनेछन्। प्रवक्ता महतले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिमा आएका सुझावलाई समेटरे पार्टी सभापतिले सुची तयार गर्नुहुनेछ।’ 

कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। संघीय संसद्मा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ। यो प्रावधानअनुसार कांग्रेसले २९ महिला र ३ जना पुरुष पठाउनुपर्नेछ।

पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपलमान श्रेष्ठ र जीवन परियारले दाबी पेस गरेका छन्। निर्वाचन आयोगले दलहरूलाई अपरान्ह ४ बजेभित्र अन्तिम सूची पेस गर्ने समयसीमा तोकेको छ।

Shivam cement

प्रकाशित: Dec 10, 2022| 14:34 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...