शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात व्यवसायी फेरि आन्दोलित : दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने !

यातायात व्यवसायी फेरि आन्दोलित : दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इन्धनको मूल्य बढाएको र सरकारले हरेक पटक दुखः दिन खोजेको बताउँदै यातायात व्यवसायी फेरि आन्दोलित बनेका छन्। उनीहरूले सरकारले इन्धनको मूल्य नघटाएर पुरानै मूल्यमा दशैंको अग्रिम टिकट खुला गर्न नसक्ने बताउँदै आन्दोलित बनेका हुन्। 

उनीहरूले ५असोजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्नेसमेत चेतावनी दिएका छन्। यातायात व्यवसायीहरू र यातायात व्यवस्था विभागले आइतबार मात्रै दुई घण्टासम्म बैठक बसेर ५ असोजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेका थिए।

यद्यपि, मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पछिल्लो समय सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएको बताउँदै बढेको मूल्य फिर्ता नलिए महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने स्पष्ट पारेको छ ।

महासंघका अनुसार यातायात व्यवस्था विभागसँग भएको सहमतिबमोजिम यातायात व्यवसायीले ५ असोज अर्थात् शुक्रबार बुकिङ खुलाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मंगलबारदेखि लागू हुने गरी सरकारले प्रतिलिटर पेट्रोलमा २, डिजल र मट्टितेलमा ३ रुपैयाँ बढाएको छ।

यस्तै, २० भदौ राति १२ बजेदेखि लागू हुने गरी पनि प्रतिलिटर पेट्रोलमा १, डिजेल/मट्टीतेलमा ३, प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढाएको थियो। महासंघका अध्यक्ष योगदेन्द्रनाथ कर्माचार्यले यी मूल्यवृद्धिलाई सरकारले ४८ घण्टाभित्रमा फिर्ता लिन अपिल गरेका छन्। अपिलको सुनुवाइ नभए दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने महासंघले स्पष्ट पारेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।