आइतबार, वैशाख २३, २०८१

पोर्चुगललाई अफ्रिकन टिमको चुनौती

पोर्चुगल र मोरक्कोबीचको खेल हुँदै गर्दा सबैको नजर मोरक्कोमाथि हुनेछ किनकि ऊ क्वार्टरफाइनलसम्म पुग्ने एक मात्र अफ्रिकन टिम हो।
 |  शनिबार, मंसिर २४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत सेमिफाइनल प्रवेशका लागि आज राती ८–४५ बजे अलबेत रंगशालामा खेल सुरु हुँदै छ। यस खेलको विजेताले फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ।

triton college

पोर्चुगल र मोरक्कोबीचको खेल हुँदै गर्दा सबैको नजर मोरक्कोमाथि हुनेछ किनकि मोरक्को क्वार्टरफाइनलसम्म पुग्ने एक मात्र अफ्रिकन टिम हो। प्रि–क्वार्टरफाइनलमा सन् २०१० को विश्व विजेतालाई घर पठाउँदै अफ्रिकी देश मोरक्कोले मंगलबार राती इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। मोरक्को प्रतियोगितामा अपराजित टिम हो। क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकपको सुरुआत गरेको मोरक्कोले बेल्जियमलाई २–० ले हरायो। त्यस्तै, क्यानडालाई २–१ ले पराजित गर्‍यो। जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती हो। आजको खेल जिते मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्नेछ।

मोरक्कोलाई पहिलो पटक क्वार्टरफाइनलमा पुर्‍याउँदा यसको मुख्य श्रेय जान्छ, प्रशिक्षक प्रशिक्षक वालिद रेग्रागुईलेलाई। उनी यसै वर्षको अगस्तमा मात्र मोरक्कोको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। वाहिद हलिहाड्जिचलाई संघले हटाएर उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। त्यो जिम्मेवारीस्वरुप अहिले उनी मोरक्कोको टिमलाई विश्वकपमा पथप्रदर्शन गरिरहेका छन्।अहिले मोरक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो अरबी देश बनेको छ। यसको श्रेय रेग्रागुईलाई नै जान्छ।

अफ्रिकाको आशा

विश्वकपमा अफ्रिकाबाट पाँच टोली क्यामरुन, मोरक्को, ट्युनिसिया, सेनेगल र घानाले सहभागिता जनाएका थिए। यसमध्ये मोरक्को र सेनेगलले मात्रै नकआउट चरणमा स्थान बनाउन सके। उता, सेनेगलले आफ्ना मुख्य खेलाडी साडियो मानेलाई चोटका कारण गुमाइसके थियो। वार्यन म्युनिखबाट खेलेको खेलमा खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले विश्वकप गुमाउने पक्का भएको थियो। तर मानेको अनुपस्थितिमा पनि सेनेगलले राम्रो प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाउन सक्यो। सेनेगलले समूह चरणको पहिलो खेलमा नेदरल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको खराब सुरुआत गरेको थियो। तर त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै समूह ‘ए’को उपविजेता बनेर नकआउट चरणमा पुग्ने दोस्रो अफ्रिकन टिम बन्यो। 

corrent noodles
Metro Mart
पोर्चुगल र मोरक्कोबीचको खेल हुँदै गर्दा सबैको नजर मोरक्कोमाथि हुनेछ किनकि ऊ क्वार्टरफाइनलसम्म पुग्ने एक मात्र अफ्रिकन टिम हो।

युवा फर्वार्ड गोन्सालो रामोसले पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्विट्जरल्यान्डलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। २१ वर्षीय युवा फर्वार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडीसमेत बने। उच्च प्रदर्शन गर्दै क्वार्टरफाइनलमा आएको टिम पोर्चुगल पनि कमजोर छैन।

विश्वकपमा प्रभावशाली सुरुआत गरेको पोर्चुगल समूह ‘एच’को विजेता टिम हो। पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। त्यसपछिको दोस्रो खेलमा उरुग्वेविरुद्ध २–० को प्रभावशाली जित निकाल्दै पोर्चुगल एक खेलअगावै नकआउट चरणमा पुगेको थियो। लगातार तीन जित निकाल्दै अन्तिम १६ मा पुग्ने पोर्चुगलको लक्ष्यमा भने दक्षिण कोरिया बाधक बन्यो। अन्तिम खेलमा पोर्चुगल कोरियासँग २–१ गोल अन्तरले पराजित भयो। तर यो पराजयले पनि पोर्चुगललाई नकआउटमा पुग्न कुनै समस्या भएन।

रुबियन डियास, जाओ कान्सेलो, ब्रुनो फर्नान्डेज, बेर्नाल्डो सिल्भा, जाओ फ्लिक्स, राफेल लियोजस्ता प्रतिभाशाली नयाँ खेलाडी रहेको पोर्चुगल टिमका मुख्य प्रशिक्षक फर्नाडो सान्तोष आफ्नो टिममा नयाँ पुस्ताका प्रतिभाशाली र पुराना अनुभवी खेलाडीको मिश्रण रहेका कारण टिमबाट धेरै अपेक्षा गरेको बताउँछन्।

म्याच प्रि–कन्फ्रेन्समा मिडियासँग कुरा गर्दै उनले भने, ‘टिममा सबै खेलाडी फ्रेस छन्। राम्रा खेलाडीको टिममा समिश्रण रहेको छ। यसले गर्दा हामी मोरक्कोलाई पराजित गरेर अगाडि जान सक्छौं। हाम्रो टिममा नयाँ प्रतिभाशाली खेलाडी  छन् र पुराना अनुभवी खेलाडी पनि। यसले गर्दा टिम एकदमै बलियो छ र हामी टिमबाट धेरै अपेक्षा गरिरहेका छौं।’

हुन त, पोर्चुगलले पनि विश्वकपको फाइनलसम्मको स्थान बनाउन सकेको छैन। उसको १९६६ मा तेस्रो हुनु अहिलेसम्मको उत्कृष्ट नतिजा हो। त्यस्तै, पोर्चुगल सन् २००६ पछि क्वार्टरफाइनल पुग्न सकेको थिएन। तर प्रि–क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध प्रभावशाली जित निकाल्दै पोर्चुगल प्रि–क्वार्टरफाइनलमा पुगेको हो। पोर्चुगल उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै क्वार्टरफाइनलभन्दा माथि जान चाहन्छ। 

स्विट्जरल्यान्डविरुद्धको खेलमा ७२आंै मिनेटमा मात्र मैदान छिरेका पोर्चुगिच कप्तान रोनाल्डो मोरक्कोविरुद्ध पनि सुरुआती टिममा नपर्ने सम्भावना छ। यसअघि उनले आफ्नो नेतृत्वमा टिमलाई केही सफलता दिलाएका छन्। तर अहिले उनले आफूमाथि आशा राख्ने टिम तथा समर्थकलाई रोनाल्डोले अहिले त्यो खुसी दिन सकिरहेका छैनन्। किनकि, यो सिजन उनी राम्रो लयमा छैनन्। म्यानचेस्टर युनाइटेडबाट टिममा स्थान बनाउन संघर्ष गरिरहेका रोनाल्डो पिरेस मोर्गानसँगको विवादास्पद अन्तर्वार्तापछि युनाइटेडबाट बाहिरिइसकेका छन्। उनी अहिले क्लबविहीन छन्। उनै रोनाल्डोले विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। चार खेल खेल्दा पेनाल्टीमार्फत एक गोल गर्नुबाहेक उनले गोल गर्न सकेका छैनन्।

हेड टु हेड

पोर्चुगल र मोरक्कोको यो तेस्रो भेट हो। यसअघि दुवै टोलीले एक–एक खेल जितेका छन्। अन्तिम पटक दुवै टिम सन् २०१८ को विश्वकपमा भिडेका थिए। सोही क्रममा पोर्चुगल १–० गोलअन्तरले विजयी भएको थियो।

पोर्चुगलका सम्भावित ११ खेलाडी

डिएगो कोस्टा, जाओ कान्सेलो, एन्टोनिओ शिल्भा, पेपे, रुबेन डियास, बर्नार्डो शिल्भा, ब्रुनो फर्नान्डेज, जाओ मारिनो,  क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स, राफाएल लिएओ।

मोरक्कोका सम्भावित ११ खेलाडी

यासिन बोउनोउ, रोमाइन साइस, अच्रफ हाकिमी, नायफ अगुएर्ड, नोउसाइर माज्राउई, सेलिम अमालाह, अमिन हारित, इलियस चेर, सुफ एन नेस्री, हाकिम जियच, सोफिएन बाउफल।

प्रकाशित: Dec 10, 2022| 13:40 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।