बिहीबार, असार ११, २०८३

बद्री शर्मा बिनाडी, जसले डोटेली लोक साहित्यको संरक्षण गरिरहेका छन्

काली–कर्णाली क्षेत्रलाई नेपाली भाषाको उद्गम थलोका रूपमा लिइन्छ। काली कर्णालीको सभ्यतालाई संरक्षण गर्न पनि थुप्रै अग्रजहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। तिनैमध्ये एक हुन् डाक्टर बद्री शर्मा बिनाडी।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– नेपाल बहुल जाति, बहुल भाषी र बहुल धार्मिक बसोबास भएको मुलुक हो। यसको सुन्दरता पनि यही हो। हाम्रा आआफ्नै संस्कृति छन्। र, ती संस्कृति मान्ने परम्परा पनि फरक छन्। यही विविधता भित्रको एकता नै नेपाली पन हो। हाम्रो पहिचान हो। यो पहिचानको संरक्षण गर्नु सबै नागरिकको दायित्व।

National life

काली–कर्णाली क्षेत्रलाई नेपाली भाषाको उद्गम थलोका रूपमा लिइन्छ। काली कर्णालीको सभ्यतालाई संरक्षण गर्न पनि थुप्रै अग्रजहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। तिनैमध्ये एक हुन् डाक्टर बद्री शर्मा बिनाडी। उनी डोटेली लोकसंस्कृति र साहित्यका अध्येताका रूपमा परिचित छन्। वि.सं. २०१३ सालमा डोटीको जोराघाटमा जन्मिएका बिनाडी त्रिभुवन विश्वविद्यालयबाट डोटेली लोकसाहित्यमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति पनि हुन्। उनले ‘डोटेली चैतको सङ्कलन र विश्लेषण’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन्।

२०४२ सालदेखि प्राध्यापन सेवामा आवद्ध बिनाडी २०७७ सालमा सेवानिवृत्त भए। उनले वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेत, सुर्खेत शिक्षा क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पसमा अध्यायपन गराएका छन्। डडेलधुरा क्याम्पसमा चार वर्ष क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हाले। र, डोटी क्याम्पसमा अध्ययापन गराउँदै गर्दा उनी सेवा निवृत्त भए।

उनको कला, साहित्यका क्षेत्रमा लामो योगदान छ। २०३५ सालमा भारतको हरिद्वारबाट नेपाली छात्र सङ्घको मुखपत्र ‘विद्याको महिमा’ शीर्षकको कविता प्रकाशन गरेर बिनाडीले औपचारिक लेखनयात्रा प्रारम्भ गरेका हुन्। त्यसपछि निरन्तर विभिन्न पत्रपत्रिकामा डोटेली लोक साहित्यका विषयमा विभिन्न अनुसन्धानात्मक सामग्री र समालोचनात्मक लेख प्रकाशन गर्दै आएका बिनाडीले थुप्रै पुस्तकसमेत प्रकाशन गरेका छन्। ‘डोटेली भाषिकाको शब्दकोश’ (२०५५) उनको पहिलो कृति हो। त्यसपछि उनले ‘लोककाव्य भारतको अध्ययन’ (२०७४) र ‘डोटेली लोककाव्य चैतको अध्ययन’ (२०७४) प्रकाशन गरे। २०७९ मा उनले ‘सांस्कृतिक पर्व ः गौरा’ बजारमा ल्याए।

बिनाडीले आफू जन्मेको माटो, भूगाल, त्यहाँको प्रकृति र जनजीवनका साथै तिनको भाषा, संस्कृति, कला, सभ्यता, परम्परा, रीतिस्थिति, चालचलन र विधिव्यवहारको खोजप्रति अनुराग आफ्नो शब्दका बान्कीमार्फत समाजसामु पस्किँदै आएका छन्। भाषा र संस्कृति कुनै पनि राष्ट्रका मौलिक पहिचान हुन्। नेपाललाई विश्वमा चिनाउने अमूल्य निधि पनि यिनै हुन्। नेपालमा विद्यमान खस आर्य संस्कृति व्यापक र प्राचीन छ। नेपाली भाषाका साथै संस्कृति, पुरातत्त्व, इतिहास र लोकवार्ताको उद्गमथलो काली कर्णाली क्षेत्र हो। जुन अहिले कर्णाली र सुदूरपश्चिमका नाममा परिभाषित छ। यी क्षेत्रमा मनाइने चाडपर्व, जात्रा, मेला आदि अहिले पनि उत्तिकै प्रचलित छन्। तीमध्ये गौरा पनि एक हो।

Shivam cement

प्रकाशित: Dec 10, 2022| 12:59 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।