शुक्रबार, कात्तिक २८, २०८२

विश्व पौडी च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागीता

फिना विश्व पौडी च्याम्पियनसिपको १३औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार(आज) अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- फिना विश्व पौडी च्याम्पियनसिपको १३औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार(आज) अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ।

National life

डिसेम्बर १३ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० र १ सय मिटर बे्रस्टस्ट्रोकमा विकास कुमाल र १ सय र २ सय मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। महिला ५० र १ सय मिटर फ्रिस्टायलमा अनुसिया तण्डुकार तथा ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइमा रोशा न्यौपानेले सहभागिता जनाउने छन्।

प्रशिक्षकमा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की तथा व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ रहेका छन्। प्रशिक्षक कार्कीले प्रतियोगिताले आगामी दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि खेलाडीको मनोबल उच्च पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महासचिव श्रेष्ठले प्रतियोगिताका दौरान हुने फिनाको विशेष साधारणसभामा पनि भाग लिने छन्।

प्रकाशित: Dec 10, 2022| 10:20 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।