बुधबार, फागुन २०, २०८२

एसिया यू-१८ रग्बीमा यस्तो छ सहभागी टिमहरूको उद्देश्य

पुरुषतर्फ आठ देश र महिलातर्फ पाँच देश सम्मिलित एसिया रग्बी आजबाट दशरथ रंगशालामा सुरु हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा नेपालमा रग्बी प्रतियोगिता हुन लागेको हो।
 |  शनिबार, मंसिर २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- पुरुषतर्फ आठ देश र महिलातर्फ पाँच देश सम्मिलित एसिया रग्बी आजबाट दशरथ रंगशालामा सुरु हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा नेपालमा रग्बी प्रतियोगिता हुन लागेको हो।

महिला र पुरुषतर्फ सहभागी बनेको मलेसिया आज अपराह्न नेपाल आइपुगेसँगै प्रतियोगिताको लागि सबै सहभागी टिम नेपाल आइपुग्ने र प्रतियोगिताको तयारी पुरा भएको संघले जनाएको छ। शनिबार दिउँसो १२ बजे उद्घाटन हुने प्रतियोगिताको खेलहरू भने बिहान ९ बजेबाटै सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमै नेपालले थाइल्याण्डको सामना गर्दैछ।

नेपालमा रग्बीको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको हो। तर अहिलेसम्म नेपाल रग्बीको पुरा सदस्य पनि भइसकेको छैन। यो प्रतियोगिता आयोजना गरेर नेपाल रग्बीको पुरा सदस्यमा दाबी गर्ने तयारी गरेको एसिया र रग्बीका सदस्यसमेत रहेका टंकलाल घिसिङले जानकारी दिए।

प्रतियोगितामा नेपालले सहभागिता जनाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव लिने नेपालको योजना छ। त्यस्तै पुरुषतर्फ यूएई, कोरिया र भारत निकै बलिया देश हुन्। उनीहरूले उपाधि जित्ने लक्ष्य राखेका छन्।

नेपालले यो प्रतियोगिता घरेलु मैदानमा नै खेल्न पाउने छ। रग्बीले दर्शकहरूको स्वागतको लागि टिकट नकाटी प्रतियोगिता हेर्न पाउने व्यवस्था गरेको छ। नेपाल टिमका कप्तान रोहन डङ्गोल  प्रतियोगितामा सहभागी बन्न पाउनु नै ठूलो कुरा रहेको बताउँछन्। उनले भने, ‘हाम्रो टिम यहाँसम्म आएर खेल्नु नै नै ठूलो हो। कम समयमा यहाँ आएको छ। राम्रै गछौं भन्ने आशा छ। हाम्रो तयारी त राम्रो रहेको छ।  जित, हार भइहाल्छ। हामी हाम्रो वेस्ट दिनेछौं। हामी धेरै उत्साही रहेका छौं।’

kumari

प्रकाशित: Dec 10, 2022| 09:57 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।