शुक्रबार, कात्तिक २८, २०८२

बेल्जियमको स्वर्णिम युगका असफल कप्तान हाजार्ड

कमजोर प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि बेल्जियन कप्तान इडेन हाजार्डलाई ठूलो झट्का लाग्यो। उपाधि जित्ने लक्ष्यका साथ गोल्डेन टिम लिएर कतार पुगेका हाजार्डको एउटै मात्र उद्देश्य थियो–विश्वकप जित्ने। तर खेलमा पराजित भएसँगै उनले फुटबल करिअर समाप्त गर्दै संन्यास लिए।
 |  शनिबार, मंसिर २४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– ‘रेड डेभिल्स’ अर्थात् बेल्जियम फुटबल टिम सन् २०१८ पछि लगातार तीन वर्ष फिफा वरीयताको शीर्ष स्थानमा रह्यो। अहिले पनि वरीयताको दोस्रो स्थानमा छ। उसलाई स्वाभाविक रुपमा जारी कतार फिफा विश्वकपको उपाधि दाबेदार टिम मानिएको थियो। तर बेल्जियमले यसपटक विश्वकपको समूह चरण पार गर्न सकेन। समूह ‘एफ’मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडामाथि जित निकाल्दै विजयी सुरुआत ग¥यो तर त्यसलाई कायमै राख्न सकेन। दोस्रो खेलमा अफ्रिकी प्रतिद्वन्द्वी मोरक्कोसँग पराजित भयो। अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेलेपछि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो।

National life

विश्वकपबाट बाहिरिने ठूलो टिम बेल्जियम थियो। त्यसपछि जर्मनी, डेनमार्कजस्ता देश थिए। कमजोर प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि बेल्जियन कप्तान इडेन हाजार्डलाई ठूलो झट्का लाग्यो। उपाधि जित्ने लक्ष्यका साथ गोल्डेन टिम लिएर कतार पुगेका हाजार्डको एउटै मात्र उद्देश्य थियो–विश्वकप जित्ने। उनले कतार जाने क्रममा उपाधि लिएर घर फर्किने बताएका थिए। ‘हामी फिट खेलाडीका साथ कतार जाँदै छौं। हामी पछिल्लो समयदेखि नै राम्रो लयमा खेलिरहेका छौं। अब त्यसलाई निरन्तरता दिएर उपाधि जित्ने लक्ष्यमा छांै,’ उनले मिडियासँग कुराकानीको क्रममा भनेका थिए।

तर प्रतियोगितामा नतिजा हाजार्डले चाहेभन्दा प्रतिकूल आयो र बलियो मानिएको बेल्जियम कमजोर टिमका रुपमा रहन पुग्यो। साथै, हाजार्ड आफंैमा यसपटक गोलविहीन बने। त्यसपछि कप्तान हाजार्डको चौतर्फी आलोचना सुरु भइसकेको थियो। उनलाई राम्रा खेलाडीको साथमा भएर पनि टिमको नेतृत्व गर्न नसकेको  आरोप लगाउन थालियो। प्रतियोगिताबाट बाहिरिको एक सातापछि हाजार्डले सबै टिममेट तथा समर्थकलाई दुःखी बनाउने निर्णय लिए। उनले आफूले बेल्जियमको टिमबाट बिदा लिएको घोषणा गरे। 

उनले संन्यास लिदै सञ्चार माध्यममा लेखेका छन्, ‘आज मेरो बेल्जियन टिमका लागि पाना पल्टिएको छ। तपाईंहरूले गर्नुभएको माया र अपार समर्थनका लागि धन्यवाद। सन् २००८ देखि अहिलेसम्मको सबै खुसीका लागि धन्यवाद। आज मैले बेल्जियन टिमबाट अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने निर्णय गरेको छु। आउँदो पुस्तालाई शुभकामना। सबैलाई न्यानो सम्झना।’

कमजोर प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि बेल्जियन कप्तान इडेन हाजार्डलाई ठूलो झट्का लाग्यो। उपाधि जित्ने लक्ष्यका साथ गोल्डेन टिम लिएर कतार पुगेका हाजार्डको एउटै मात्र उद्देश्य थियो–विश्वकप जित्ने। तर खेलमा पराजित भएसँगै उनले फुटबल करिअर समाप्त गर्दै संन्यास लिए। 

त्यसपछि हाजार्डलाई उनका सहकर्मी तथा अन्य पदाधिकारीले उनलाई सञ्चार माध्यममा सम्मानजनक बिदाइ गरे। यसैबीच उनलाई समर्पण गर्दै निकट सहकर्मी केभिन डेब्रुइनाले लेखेका छन् ‘तिम्रो यहाँसम्मको यात्रा धेरै राम्रो रह्यो। तिमीलाई धेरै बधाइ छ। हामी तिमीलाई सधैं सम्झनेछौं। धेरै–धेरै माया।’ फिफा विश्वकपका लागि कतार जानुअघि नै विश्वकपपछि आफूले टिममा निरन्तरता दिने वा नदिने विषयको सुनिश्चितता नरहेको बताका हाजार्डले प्रतियोगितामा दुखद नतिजापछि नैतिकताका आधारमा संन्यास लिए।

Laxmi sunrise bank
kumari

हाजार्डको बेल्जियन यात्रा

हाजार्डसँग फ्रान्सको नागरिकता थियो। उनी फ्रेन्च क्लब लिलेमा व्यावसायिक फुटबल खेल्दा त्यहाँको नागरिकता लिएका थिए। त्यसैले उनले फ्रान्सको टिमबाट पनि खेल्न पाउँथे। यस विषयमा फ्रान्सको अदालतमा मुद्दा चलेको थियो। तर हाजार्डले फ्रान्सको टिममा कुनै पनि चासो राखेनन् र बेल्जियन टिमका तत्कालीन प्रशिक्षक रिनी भेड्रोले सिनियर टिममा बोलाएका बेला उनी गएका थिए।

त्यसपछि हाजार्डले बेल्जियमको सिनियर टोलीमा सन् २००८ नोभेम्बर १८ मा लक्जेम्बर्गविरुद्ध खेल्दै डेब्यु गरे। बेल्जियन टिममा डेब्यु गर्दा उनी १७ वर्षका मात्रै थिए। त्यस समय डेब्यु गरेका हाजार्ड बेल्जियन इतिहासकै सबैभन्दा कान्छा खेलाडी हुन्। त्यसअघि हाजार्ड बेल्वियन यू–१७ र यू–१९ को टोलीमा खेलिसकेका थिए। त्यो बेला तत्कालीन बेल्जियन प्रशिक्षक रिनी भेड्रोले हाजार्ड बेल्जियमको भविष्य रहेको र उनले युरोपियन फुटबलमा ठूलो हलचल ल्याउन सक्ने खेलाडी भएको बताएका थिए। उनले भनेका थिए, ‘हाजार्ड अहिले सानै उमेरका छन् तर उनले अहिले नै धेरै फुटबल सिकिसकेका छन्। उनको खेल्ने शैली सबै खेलाडीमा देखिँदैन। त्यसैले उनी फरक छन्। उनी बेल्जियमका भविष्य हुन्। उनले पछि युरोपियन फुटबलमा ठूलो प्रभाव पार्नेछन्।’

प्रकाशित: Dec 10, 2022| 06:59 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।