शुक्रबार, कात्तिक २८, २०८२

जमुना र सरला जितकुण्डो मार्सलआर्टको फाइनलमा

महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरेकी हुन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

National life

नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरेकी हुन्। महिला ५० केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवार र सर्लाहीकी साँझ यादव फाइनलमा पुगेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा केन्द्रीय डोजाङका विजय थापा र काठमाडौंका प्रदीप बलामी मगर, ५०.५–५५ केजीमा काठमाडौंका मिलन राई र केन्द्रीयका सुनिल विष्ट तथा ५५.५–६० केजीमा केन्द्रीयका सुमन तामाङ र काठमाडौंका डिकेश श्रेष्ठले फाइनलमा स्थान सुरक्षित गरेका छन्।

टोखा नगरपालिकाको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको पुरुष ३५.५–४० केजीमा सर्लाहीका सुमित विक र सर्लाहीका कृष्ण पण्डित, ३०.५–३५ केजीमा केन्द्रीयका लोकेन्द्र तामाङ र सर्लाहीका जोनबहादुर लुङ्गेली तथा ४०.५–४५ केजीमा केन्द्रीयका नितेश श्रेष्ठ र सर्लाहीका नितेश कठायतले फाइनल यात्रा तय गरे।

प्रतियोगिताको टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे। पुरुषमा ६ र महिलामा २ गरी ८ स्पर्धामा ९० खेलाडीको सहभागिता रहेको आयोजक जित कुण्डोका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 09, 2022| 18:43 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।