शुक्रबार, कात्तिक २८, २०८२

नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनेकी हुन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– नेपालकी नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउने भएकी छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह ‘एच’बाट विजेता हुँदै नविता अघिल्लो चरणमा प्रवेश गरेकी हुन्। 

National life

शुक्रबार भएको खेलमा नविताले बंगलादेशकी कोइ कोइ साई मार्मालाई ३–१ को सेटमा पराजित गरिन्। लगातार दुई सेट ११–९, ११–६ ले जितेकी नविताले तेस्रो सेट ४–११ ले गुमाएकी थिइन्। तेस्रो सटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११–७ ले जितेकी हुन्। 

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनिन्। अब एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागी हुन पाउनेछन्। 

समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रहिन्। यसअघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरेकी थिइन्। सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन्। 

यसैगरी महिलातर्फकै खेलमा समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘ई’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट भएका छन्। 

Laxmi sunrise bank
kumari

आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ। वरीयता ९ देखि १६ सम्मको बाँकी छनोट खेल भोलि हुनेछन्। यस वरीयतामा नेपालका खेलाडी स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ।

नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ वरीयतासम्म प्रतिस्पर्धा गर्नेछन्। यसैगरी पुरुषतर्फको छनोट अहिले जारी छ। पुरुषतर्फ पहिलो दिन संयोग कपाली र बिनेश खनियाले जित हात पारेका थिए। 

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन्। नेपालबाट पाँच–पाँच खेलाडी सहभागी भएका थिए।

प्रकाशित: Dec 09, 2022| 17:04 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।