बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रोएसियालाई हराएर सेमिफाइनलमा पनि साम्बा डान्स देखाउन चाहन्छ ब्राजिल

क्रोएसियालाई हराएर सेमिफाइनलमा पनि साम्बा डान्स देखाउन चाहन्छ ब्राजिल

ब्राजिलले क्रोएसियासँग अहिलेसम्म कुनै प्रतियोगितामा हार बेहोरेको छैन। यी दुई टिमबीच चार पटक भेट हुँदा ब्राजिलले तीन जित निकालेको छ भने एक पटक बराबरी गरेको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– ब्राजिलको गोल सेलिब्रेसन खुबै रमाइलो छ। जब ब्राजिलले विपक्षीको पोस्टमा गोल गर्छ, सबै मिलेर केही समय ब्राजिलको साम्बा डान्स देखाउँछन्। खासगरी ब्राजिलको फुटबल खेल्ने शैलीलाई पनि साम्बा नै भनिन्थ्यो। तर ब्राजिली फुटबलको त्यो पराम्परागत शैली आज गुमनाम छ।

ब्राजिलको राष्ट्रिय टिमका सबैजसो खेलाडी युरोपेली शैलीमा खेल्ने भएर पनि हुन सक्छ, उनीहरूको फुटबलको साम्बा शैली हराउँदै गएको। तर शाम्बा नृत्य अझै कायम छ। यो वर्ष कतारमा फुटबल भएर मात्र, नभए ब्राजिलको त्यो नृत्य शैली हरेक विश्वकपमा देख्न पाइन्छ। विश्वकपमा ब्राजिली समर्थकले साम्बा डान्स कमै देखाएको यही कतार विश्वकपमा हुन सक्छ।

खेल शैलीको कुरा गर्दा युरोपेली देशहरूले जसरी फुटबल खेल्छन्, दक्षिण अमेरिकी टिमको खेल्ने शैली केही फरक छ। आज युरोपेली देशले सामना गर्दै छ, दक्षिण अमेरिकी ब्राजिलको। 

कतार फुटबल विश्वकपमा आज राती साविक उपविजेता क्रोएसियाले ब्रालिललाई रोक्ने प्रयास गर्नेछ।

यो खेल विश्वकपको पहिलो क्वार्टरफाइनलसमेत हो। यो खेलमा जित निकाल्दै ब्राजिल साम्बा डान्स देखाउन चाहन्छ। ऋनि, ऊ साम्बा डान्सलाई सेमिफाइनलसम्म पुर्‍याउने प्रयत्नमा हुनेछ।

kumari

फुटबल प्रतिद्वन्द्वीताको कुरा गर्दा ब्राजिलले क्रोएसियासँग अहिलेसम्म कुनै प्रतियोगितामा हार बेहोरेको छैन्। यी दुई टिमबीच चार पटक भेट हुँदा ब्राजिलले तीन जित निकालेको छ भने एक पटक बराबरी गरेको छ। सन् २०१८ मा ब्राजिलले २–० को जित निकालेपछि क्रोएसिया र ब्राजिलको यो पहिलो भेट हो।

प्रकाशित: Dec 09, 2022| 14:05 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।