बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पारा तेक्वान्दो खेलाडी सृजनाले शीर्ष तीन खेलाडीलाई हराउँदै रचिन इतिहास

पारा तेक्वान्दो खेलाडी सृजनाले शीर्ष तीन खेलाडीलाई हराउँदै रचिन इतिहास

नेपाली पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले रियाद तेक्वान्दोमा पहिलो पटक स्वर्ण पदक जितेकी छन्। नेपालले उक्त प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जितेको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

kumari

काठमाडौं– नेपाली पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले रियाद तेक्वान्दोमा पहिलो पटक स्वर्ण पदक जितेकी छन्। नेपालले उक्त प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जितेको हो।

उनले फाइनलमा टर्कीकी विश्वक नम्बर वान मेरियन काभडरलाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। रियाद २०२२ विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा उनले स्वर्ण जितेको जानकारी नेपाल तेक्वान्दो संघले दिएको हो।

नेपाली खेलाडी सृजनाले क्वार्टरफाइनलमा विश्व वरियताकी दोस्रो नम्बरमा रहेकी जेसिका गार्सिया लाई ४७ केजी तौलद समूहअन्तर्गत पराजित गरेकी थिइन्। विश्वक वरियताकी तेस्रो नम्बरमा रहेकी ब्राजिलकी नासिमेन्तो क्रिस्टिथिनलाई दोस्रो चरणमा हराएकी थिइन्। उनले नेपालका लागि ग्राण्ड प्रिक्समा पहिलो पटक स्वर्ण पदक जितेकी हुन्।

प्रकाशित: Dec 09, 2022| 10:37 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।