काठमाडौं- कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल अनतर्गत आज दुई खेल हुँदैछ।
पहिलो खेलमा ब्राजिलले क्रोएसियाविरुद्ध एडुकेशन सिटि रंगशालामा राति ८:४५ बजे खेल्नेछ।
त्यस्तै आज हुने दोस्रो खेलमा अर्जेन्टिनाले नेदरल्यानडविरुद्ध खेल्नेछ। यी दुईबिचको खेल नेपाली समय अनुसार राति १२:४५ मा लुसेल रंगशशालामा हुनेछ।