शुक्रबार, कात्तिक २८, २०८२

टोखा मेयर कप जितकुण्डो आजबाट

नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं- नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।

National life

प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन्। नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ।

पुरुषमा ८ र महिलामा २ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सबै स्पर्धाका पदक विजेतालाई नगदबाट पुरस्कृत गरिने छ। टोखा नगरपालिकाको मुख्य प्रायोजनामा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको सातौं जित कुण्डो सेमिनार बिहीबार सम्पन्न भएको छ। राखेप हातामै भएको दुईदिने सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरेका थिए। उनलाई आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरेका थिए।

प्रकाशित: Dec 09, 2022| 09:55 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।