बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तिनाउमा जिप खस्दा चार जना घाइते

दुर्घटनामा परी तिनाउ ३ झुम्साका ५४ वर्षीय बाबुराम पाण्डेय, २२ वर्षीय विनोद पाण्डेय, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गंगा दराई घाइते छन्।
 |  मंगलबार, साउन २६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

triton college
Metro Mart
vianet

बुटवल- बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा मंगलबार बलेरो जिप तिनाउमा खस्दा ४ जना घाइते भएका छन्। पाल्पाबाट बुटवलतर्फ गुडिरहेको बा १८ च ७३३६ नम्बरको बोलेरो जिप सडकबाट तिनाउमै खसेको हो। जिप तिनाउमा उत्तानो परेर पल्टिएको प्रहरीले जनाएको छ। माथिबाट खसेको पहिरोसहितको ढुंगाले सडकमा गुडिरहेको बोलेरोलाई खोलामा खसालेको हो। 

दुर्घटनामा परी तिनाउ ३ झुम्साका ५४ वर्षीय बाबुराम पाण्डेय, २२ वर्षीय विनोद पाण्डेय, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गंगा दराई घाइते छन्। 

उनीहरुमध्ये  ५४ वर्षीय बाबुराम पाण्डेयको अवस्था भने गम्भीर छ। प्रहरीले तुरुन्तै उद्धार गर्न सफल भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घाइतेरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रकाशित: Aug 10, 2021| 12:52 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।