काठमाडौं- दशैं नेपालीहरूको महान चाड मात्र नभई रोजगारी गर्नेहरूलाई वर्षभरिको लामो बिदाको अवसर पनि हो।
आफ्नो संस्कृतिका साथै परिवारबाट टाढा रहेकाहरू यही समयमा भेटघाटको अवसर हुने भएकाले आफ्नो घरगाउँ फर्किने गर्छन्।
रोजगारी, शिक्षालगायत अवसरको खोजीमा देशका विभिन्न भागबाट काठमाडौं आएका मानिस दशैं मनाउन घर जाने गर्छन्।
हरेक दशैंमा २५ लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने गरेका छन्। र, ती सबै दशैं र तिहारपछि पुनस् फर्किने गर्छन्।
देशको ८० प्रतिशत भूभागमा यातायातको सुविधा पुगेको छ, अहिले। खासगरी, पक्की सडक पुगेका स्थानहरूसम्म काठमाडौंबाट रात्रि र दिवा सेवाका सार्वजनिक यातायात सञ्चालन हुन्छन्।
दशैंकै समयमा यातायात व्यवसायीले नयाँ बसहरू थप्ने गर्छन्। त्यस्ता बस भारतलगायत मुलुकबाट च्यासिसका रूपमा भित्रिन्छन्। र, स्वदेशी ग्यारेजहरूमा तिनका 'बडी" निर्माण गरिन्छ।
देशभर सुविधा सम्पन्न डिलक्स बसहरू सञ्चालन गर्ने लहर छ अहिले। काठमाडौं उपत्यकाका ठूला ग्यारेजहरू अहिले नयाँ र सुविधा सम्पन्न बसका 'बडी' बनाउन व्यस्त छन्।
ती बसले उपत्यकाबाट लामो रुटमा सेवा दिन्छन्। दशैंलार्इ लक्षित गरेर पुराना सवारी साधनको मर्मत तथा नयाँ रङ रोगन र बडीका विभिन्न पार्टहरू राख्ने काम यही समयमा हुन्छ।
कामको खोजीमा भारत पुगेका युवा फर्किने मौसम पनि हो यो। त्यसैले यातायात व्यवसायीले भारतसँगका नाकाबाट मुलुकका विभिन्न भागसम्म दशैंमा धेरै यात्रुलार्इ सेवा दिनुपर्छ, यतिबेला।
दशैं यस्तो चाड हो, जसमा मुलुकको जनसंख्या र अर्थतन्त्र चलायमान हुने गर्छ। मुलुक चलाउने मेरुदण्ड नै हो, यातायात क्षेत्र। मुलुकभरका ठूला ग्यारेजहरू त्यही मेरुदण्ड तयार पार्न व्यस्त छन्, अहिले।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...