शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल टी-२० लिग : नयाँ क्लब काठमाडौं नाइट्स, दोस्रो पटक सर्‍यो मिति

नेपाल टी-२० लिग : नयाँ क्लब काठमाडौं नाइट्स, दोस्रो पटक सर्‍यो मिति

अहिले प्रतियोगिताको केहि दिन मात्र बाँकी रहँदा क्यानले लिग खेल्ने छैटौं टिमको घोषणा गरेको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान) ले नेपाल टी २० लिग खेल्ने छैटौं क्लबका नाम सर्वजनिक गरेको छ। यसअघि कान्तिपुर ग्रुपले क्लबले नेपाल टी २० लिगमा सहभागीता नगराउने भएपछि काठमाडौंको नाममा क्यानले नयाँ फ्रेन्चाइजको खोजी गरिरहेको थियो।

National life

अहिले प्रतियोगिताको केहि दिन मात्र बाँकी रहँदा क्यानले लिग खेल्ने छैटौं टिमको घोषणा गरेको हो।

यो क्लबको मालिक भने नेपाल स्पोट्स भेन्चर रहेको छ। ‘नेपाल स्पोट्स भेन्चर, काठमाडौं बाहिरको एक कम्पनी काठमाडौं टिमको मालिक भएको छ र यसको नाम काठमाडौं नाइट्स रहने भएको छ,’ क्यानले सूचनामा लेखेको छ।

क्यानले नेपाल टी २० लिग आगामी २३ डिसेम्बर (पुस ८ गते)बाट सुरु गर्ने जानकारी पनि दिएको छ।

यो प्रतियोगिताको फाइनल खेल जनवरी १० तारिखमा हुने भएको छ।

Laxmi sunrise bank
kumari

पहिले चुनावको कारण सुरक्षा चुनौति हुने भन्दै सारिएको प्रतियोगिताको मिति दोस्रो पटक पनि सरेको हो। प्रतियोगिताको तयारी नभएपछि क्यानले दोस्रो पटक पनि मिति सारेको हो। यो प्रतियोगितामा ३० विदेशी खेलाडी नेपाल आएर खेल्ने क्यानले जानकारी दिएको छ।

प्रकाशित: Dec 08, 2022| 20:52 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।