शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • काठमाडौं ओपन : १८ होल बाँकी रहँदा शीर्षस्थानको भुवनलाई ९ स्ट्रोकको अग्रता

काठमाडौं ओपन : १८ होल बाँकी रहँदा शीर्षस्थानको भुवनलाई ९ स्ट्रोकको अग्रता

१-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। १-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्। 

National life

दुई दिनका लिडर रबि खड्काले तेस्रो दिन विर्सनलायक प्रदर्शन गरेपछि भुवनको उपाधि होड निकै मजबुत बनेको हो। भुवनले रबि र शुक्रबहादुर राईलाई अन्तिम १८ होलको खेल बाकी रहँदा नौ स्ट्रोकले पछि पारेका छन्। 

शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल पुरा गरे। रबिले ९-ओभर ७७ को खराब प्रदर्शन गरे। दुवैजना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन्। धनबहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। 

धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल पुरा गरे। ३-ओभर ७१ को नतिजा सहित प्रदीपकुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौ स्थानमा छन्। रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे। 

३६ होलको समाप्तीमा भुवन एक स्ट्रोकले पछि थिए।‌ तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकको अग्रता बनाए। दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक-एक सट बचाउँदा १०औँ, १५औँ र १८औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे।

Laxmi sunrise bank
kumari

भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन्। १०औँ र १८औँ होलमा डबल बोगीको सामना मात्र गरेनन ११औँ र १६औँ होलमा एक-एक सट खेर फाले। १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा पुरा गरे।

शुक्र बहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल पुरा गरे।

एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन्। आज उनले ५-ओभर ७३ मा खेल पुरा गरे। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन्।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: Dec 08, 2022| 20:40 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।