शुक्रबार, कात्तिक २८, २०८२

लिग २ मा नेपाल लगातार छैटौं पटक जितविहिन

त्यसअघि नेपालले स्कटल्यान्डमा सम्पन्न लिग २ कै सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो। त्यसयता नेपाल लिग २ मा जितबिहिन छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल लगातार छैटौं पटक जितविहिन बनेको छ। तीन खेल अघि नामिबियासँग विना रिजल्ट खेल सकिएपछि नेपालले एक अंक भने पाएको थियो।

National life

त्यसअघि नेपालले स्कटल्यान्डमा सम्पन्न लिग २ कै सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो। त्यसयता नेपाल लिग २ मा जितबिहिन छ।

अहिले नामिबिया भ्रमणमा रहेको नेपाली टिमले कुनै खेलमा पनि जित निकाल्न सकेन। भारतीय प्रशिक्षक मनोज यो भ्रमणका कुनै खेलमा पनि जित ननिस्किएपछि नेपालको शीर्ष तीनमा पुगेर विश्वकप छनोट खेल्ने सम्भावना पनि सकिएको छ।

आज खेलको टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५ ओभर तीन बलमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो। १२० रनको लक्ष्य पाएको स्कटल्यान्डले १९८ बल बाँकी रहँदै आठ विकेट बचाएर जित निकालेको हो।

आज नेपाली टिमका कप्तान रोहित पौडेल अर्धसतक बनाउन तीन रनले चुके। उनीबाहेक कुनै खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्।

Laxmi sunrise bank
kumari

नेपालविरुद्ध स्कटल्यान्डका ब्रेन्डन म्याकुलम, साफयन शरिफ र मार्क वाटले समान २–२ विकेट लिए।

नेपालविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सले ४५ र क्रिस्टोफर म्याकब्रिडले ४६ रन बनाएका थिए। नेपालका गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।

यो हारपछि नेपालको पाँचौ स्थानमा पुग्ने सम्भावना पनि टाढा हुँदै गइरहेको छ। एकदिवसीय मान्यता बचाउन पनि नेपालले लिग २ को तालिकाको शीर्ष ५ भित्र पर्नुपर्ने हुन्छ। आईसीसीको २० देशलाई मात्र एकदिवसीय मान्यता दिने नियम अनुसार नेपाल अहिले वरियताको १९औं स्थानमा छ। यता  आजको जितसँगै स्कटल्यान्डले भने शीर्षस्थानमा ओमनसँग दुई अंकको अग्रता बनाएको छ। ओमनले सिरिजका सबै ३६ खेल खेलेर ४४ अंक बनाएको छ।

प्रकाशित: Dec 08, 2022| 19:44 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।