शुक्रबार, कात्तिक २८, २०८२

प्रशिक्षक लुइस इन्रिकेले छाडे स्पेनिस टिम

फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको खेलमा अप्रत्यासित रुपमा अफ्रिकन टिम मोरक्कोसंग पराजित भएपछि स्पेन विश्वकपबाट बाहिरिएको थियो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- स्पेनिस फुटबल टिमका प्रशिक्षक लुइस इन्रिकेले टिम छाडेका छन्। कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको खेलमा अप्रत्यासित रुपमा अफ्रिकन टिम मोरक्कोसंग पराजित भएपछि स्पेन विश्वकपबाट बाहिरिएको थियो।

National life

राम्रो प्रदर्शन गर्न नसकेपछि हारको जिम्मेवारी आफूले लिएका इन्रिकेले स्पेनिस टिम छाड्ने कि नछाड्ने भन्ने विषयमा केही दिन पछि बोल्ने बताएका थिए। 

उनले आज प्रेसमिट गर्दै राष्ट्रिय टिम छाडेको बताएका हुन्। उनको टिम स्पेनले विश्वकप जित्ने धेरैले आशा गरेका थिए। तर नयाँ पुस्ताका खेलाडीको बाहुल्य रहेको स्पेनले विश्वकपमा प्रभावशाली प्रदर्शन गर्न सकेन। उनले सन् २०१८ देखी स्पेनिस टिम सम्हालेका थिए।

उनी बार्सिलोनाका पुर्व प्रशिक्षक पनि हुन्। उनले बार्सालाई सन् २०१५ को च्याम्पियन्स लिग जिताएका थिए। अब उनी क्लबको प्रशिक्षणमा फर्किने उनले बताएका छन्।

प्रकाशित: Dec 08, 2022| 18:46 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।