मंगलबार, फागुन १९, २०८२

२० ओभर नपुग्दै रोहितबाहेक सबै नेपाली ब्याट्स्मेन आउट

नेपालले १९ ओभर दुई बलदमा छैटौं विकेटका रुपमा हरिशंकर साहलाई गुमाएको हो। अहिले २१ ओभर सकिँद नेपालले ७७ रन बनाएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं – स्कटल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टिमले आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा कमजोर सुरुआतलाई निरन्तरता दिएको छ। खेलमा रन बनाउनु पूर्व नै पहिलो विकेट गुमाएको नेपालले २० ओभर नसकिँदै छ विकेट गुमाइसकेको छ।

अहिले नेपालले ७५ रन बनाएको अवस्थामा रोहित पौडेलबाहेक ब्याटरहरु अर्जुन साउँद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल,  दिपेन्द्र सिंह ऐरी, आरिफ शेख आउट भइसकेका छन्। त्यसबाहेक नेपाली बलर हरिशंकर साह एलबीडब्यू आउट भएका छन्।

रोहित पौडेलले ३९ रन बनाउनु बाहेक नेपाली खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्।

पहिलो ओभरको तेस्रो बलमै अर्जुन साउँद आउट भएका थिए। चौथो  ओभरको पहिलो बलमा दुई रन बनाएको अवस्थामा अर्का ओपनर आशिफ शेख पनि आउट भए।

१६ बल खेलेका ज्ञानेन्द्र ९ रन बनाएर पेवेलिन फर्किए भने दिपेन्द्रले पनि १४ रन भन्दा धेरै जोड्न सकेनन्।

kumari

नेपालले १९ ओभर दुई बलदमा छैटौं विकेटका रुपमा हरिशंकर साहलाई गुमाएको हो। अहिले २१ ओभर सकिँद नेपालले ७७ रन बनाएको छ।

स्कटल्यान्डका ब्रान्डम म्याकुलमले दुई विकेट लिएका छन्।

प्रकाशित: Dec 08, 2022| 15:27 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।