शुक्रबार, कात्तिक २८, २०८२

फुटबल लिग सञ्चालन गर्न सरकारसँग ६ करोड माग्दै एन्फा

एन्फाले सरकारसँग ‘ए’ डिभिजन लिगका लागि ३ करोड, ‘बी’ डिभिजन लिगका लागि २ करोड र ‘सी’ डिभिजन लिगका लागि १ करोड आर्थिक सहयोग मागेको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– नेपालमा शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुने समय भए पनि हालसम्म प्रतियोगिता सञ्चालन हुन सकेको। नियमित प्रतियोगिता सुरु नभएपछि नेपालको शीर्ष डिभिजन खेल्ने खेलाडी आक्रोशित बन्न थालेका छन्।

National life

नेपालमा फुटबल गतिविधि पर्याप्त नभएपछि कतिपय खेलाडी विदेश पलयान हुन थालिसकेका छन्। यता, नेपाली फुटबलको उच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) ले प्रतिबद्धता गरेको नेपाल सुपर लिग र राष्ट्रिय लिग पनि आयोजना गर्न सकेको छैन। 

लामो समयदेखि शीर्ष डिभिजनका खेल्ने खेलाडीका लागि प्रतियोगिता नभएपछि अहिले एन्फाको आलोचना हुन थालेको छ।आलोचनापछि एन्फाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग आर्थिक सहयोग मागेको जानकारी दिएको छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले बुधबार च्यासल रंगशाला हस्तान्तरण गर्न र दशरथ रंगशालाको शुल्क मिनाहा गर्न राखेप सदस्य सचिव टंकलाल घिसिङलाई तीन फरक–फरक पत्र बुझाएको एन्फाको सूचनामा उल्लेख छ।

‘एन्फाको प्रतिनिधिमण्डलले महिला राष्ट्रिय टोली, यू–१७ पुरुष टोली र यू–१५ महिला टोलीका खेलाडीलाई आर्थिक पुरस्कार प्रदान गर्न राखेप सदस्यसचिव घिसिङसँग सहयोग मागेको छ,’ सूचनामा लेखिएको छ। गत महिना बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो भने नेपाल र श्रीलंकामा भएको साफ यू–१७ च्याम्पियनसिपमा उपविजेता बनेको थियो।

Laxmi sunrise bank
kumari

एन्फाले च्यासल रंगशाला हस्तान्तरण गर्न र ‘ए’, ‘बी’, ‘सी’ लिग, रेफ्री कोर्ष गर्न, ग्रासरुटलगायतका फुटबल गतिविधि सञ्चालनका लागि सहजीकरण गर्न राखेपलाई अनुरोध गरेको हो। एन्फाले दशरथ रंगशालामा विभिन्न फुटबल गतिविधि सञ्चालन गर्दा शुल्क मिनाहा गर्न पनि राखेपलाई आग्रह गरेको छ।

‘लिग आयोजना गर्न विभिन्न क्षेत्रमा धेरै समस्या सामना गरिरहेको र त्यसलाई समाधान गर्न  एकल प्रयास पर्याप्त हुँदैन,’ एन्फाले पत्रमा लेखेको छ, ‘सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग ‘ए’ डिभिजन लिगका लागि ३ करोड, ‘बी’ डिभिजन लिगका लागि २ करोड र ‘सी’ डिभिजन लिगका लागि १ करोड आर्थिक सहयोग व्यवस्थापन गरिदिन आग्रह छ।’

प्रकाशित: Dec 08, 2022| 12:39 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।