शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • हामी विश्वकपको उपाधि दावेदार हौंं : बेलायती डिफेन्डर ह्यारी मग्वायेर

हामी विश्वकपको उपाधि दावेदार हौंं : बेलायती डिफेन्डर ह्यारी मग्वायेर

इंग्ल्यान्डले फुटबलमा पछिल्ला वर्षदेखि राम्रो प्रदर्शन गर्दै ठूला प्रतियोगिताको अन्तिम चारसम्म स्थान बनाउँदै आएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा इंग्ल्यान्डका डिफेन्डर ह्यारी मग्वायेरले आफ्नो टिम विश्वकपको सबैभन्दा बलियो टिम रहेको बताएका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म पुगेको इंग्ल्यान्डले विश्वकप जित्ने आशा रहेको मग्वायेरको भनाइ छ। पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो टिम अहिले धेरै मजबुत छ। सन् २०१८ को विश्वकपमा रहेका खेलाडीमा धेरै परिवर्तन आइसकेको छ।   अहिलेको टिमले विश्वकप जित्न सक्छ। त्यसका लागि हामी सबै मानसिक रुपमा तयार भइसकेका छौं। यसपटक उपाधि घर लैजानेछौं।’

इंग्ल्यान्डले फुटबलमा पछिल्ला वर्षदेखि राम्रो प्रदर्शन गर्दै ठूला प्रतियोगिताको अन्तिम चारसम्म स्थान बनाउँदै आएको छ। इंग्ल्यान्डले सन् २०१८ को विश्वकपको सेमिफाइनल खेलेको थियो भने सन् २०२० को युरोकपको फाइनल खेलेको थियो। तर यो टिमले कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेन। इंग्ल्यान्डले अन्तिम पटक १९६६ मा फिफा विश्वकपको उपाधि जितेको थियो।

प्रकाशित: Dec 08, 2022| 11:41 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।