शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न

ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न

बुधबारबाट सुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

पोखरा- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा १३औं नेसनल प्याब्सन खेलकुद महोत्सवअन्र्तगत बुधबारबाट छात्र तथा छात्रा एकलतर्फको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। 

National life

बुधबारबाट सुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए।

छात्रतर्फ एलपी देवकोटा मेमोरियल विद्यालयका आशिष थापालाई पराजित गर्दै साईनिङ स्टारका अर्पन राई, हेम्जा बोर्डिङ स्कुलका आशिष थापालाई पराजित गर्दै गोरखा इङ्लीसका लिलिन नेपाली, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साललाई पराजित गर्दै यूनिभर्स बोर्डिङ स्कुलका सिरिस बास्तोला, पुष्पसदन बोर्डिङ स्कुलका मोनिक थापालाई पराजित गर्दै चिल्ड्रेन्स एकेडेमीका अमृत गुरुङ विजयी भए। 

यस्तै, बड्स एकेडेमीका आयूस पहारीले रिलायन्स स्कुलका समिर जिसीलाई, ज्ञानज्योतिका सोमबहादुर गुरुङले सिद्धार्थ लभडेल बोर्डिङ स्कुलका बिशाल गुरुङलाई, सिद्धि विनायक बोर्डिङ स्कुलका सन्दिप खड्काले कान्तिपुर एकेडेमीका दिपिन सुनार र कास्की मोड्नाइज एकेडेमीका दिप रानाले गण्डकी एकेडेमीका सागर थापालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन्। 

यसैगरि छात्रा एकलतर्फ त्रिवेणीकी परिसा गुरुङले इम्यानुअल स्कुलकी प्राप्ती गुरुङलाई, पुष्पसदन एकेडेमीकी भेलेन्सिया गुरुङले हिलसाइड इङ्लिस स्कुलकी सहारा खड्कालाई , कास्की कास्की मोड्नाइज एकेडेमीकी सोनिका थापाले , बड्स एकेडेमीकी दिपलक्षा सुनारलाई पराजित गरिन्। 

Laxmi sunrise bank
kumari

यस्तै कान्तिपुर एकेडेमीकी दिया गुरुङले साइनिङ स्टार स्कुलकी बिना घिमिरेलाई , ज्ञानज्योति बोर्डिङ स्कुलकी अन्सु गुरुङले अल्फा एकेडेमीकी निकिता न्यौपानेलाई र अञ्जुली बोर्डिङ स्कुलकी मेनुका पुनले हेम्जा बोर्डिङ स्कुलकी एञ्जिला बुढाथोकीलाई पराजित गर्दै। क्वाटर फाइनल प्रवेश गरेका छन् भने सिद्धिविनायक बोर्डिङ स्कुलकी एनी गर्बुजा लिटिल फ्लावर स्कुलले वाक ओभर दिएपछि सोझै क्वाटरफाइनलको यात्रा तय गरेकी छन्।

लिग कम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालय र छात्रातर्फ ३० विद्यालयको सहभागिता रहेको व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए। 

यसअघि आज नै छात्र तथा छात्रा एकलतर्फको पहिलो खेलबाट दोश्रो चरणमा प्रवेश गरेका थिए। बिहीबार क्वाटरफाइनल , सेमीफाइनल चरणका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Dec 07, 2022| 20:43 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।