शुक्रबार, कात्तिक २८, २०८२

सुरु भयो ९० देशको सहभागीता रहेको जितकुण्डो सेमिनार

सेमिनार शुक्रबार हुने तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जितकुण्डो सेमिनार बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ।

National life

सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ।

सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरिरहेको राखेपले जानकारी दिएको छ। उनलाई नेपाल जितकुण्डो मार्सल आर्ट संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरिरहेका छन्।

सेमिनार शुक्रबार हुने तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको हो। प्रतियोगिता र सेमिनारलाई टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको छ।

प्रकाशित: Dec 07, 2022| 19:22 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।