शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • काठमाडौं गल्फ ओपन : भुवनलाई पछि पार्दै दोस्रो दिन पनि रवि शीर्षस्थानमा

काठमाडौं गल्फ ओपन : भुवनलाई पछि पार्दै दोस्रो दिन पनि रवि शीर्षस्थानमा

काठमाडौं ओपनको दोस्रो दिन ४–अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०–अन्डर १ सय २६ सहित रवी शीर्षस्थानमा कायमै रहन सफल भएका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता काठमाडौं ओपनमा रबी खड्का दोस्रो दिन पनि शीर्षस्थानमै रहन सफल भएका छन्। 

triton college

काठमाडौं ओपनको दोस्रो दिन ४–अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०–अन्डर १ सय २६ सहित रवी शीर्षस्थानमा कायमै रहन सफल भएका हुन्। 

३६ होलको समाप्तीमा रबिले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन्। लिडर रविलाई दबाब दिएका भुवनले दोस्रो दिन रबिले जतिकै ४–अन्डर ६४ अंक जोड्दा समग्रमा ९–अन्डर १ सय २७ को स्कोरमा दोस्रो स्थानमा छन्। 

लगातार दोश्रो दिन १–अन्डर ६७ खेल्दै समग्रमा २–अन्डर १ सय ३४ स्कोरका साथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिएका छन्। शुक्र बहादुर राई, प्रदीप कुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन–पार १ सय ३६ को अंकका साथ संयुक्तरुपमा चौंथो स्थानमा छन्। दाबेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा ३–ओभर ७१ मा दोस्रो दिनको खेल अन्त्य गरे। प्रदीप र राजेन्द्रले समान २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे। 

यसैगरी समग्रमा १–ओभर १ सय ३७ सहित कृष्णमान राजबाहक सातौं तथा २–ओभर १ सय ३८ को नतिजामा सुर्य प्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्। 

corrent noodles
Metro Mart

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको दोस्रो दिन पनि रविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। पहिलो, तेस्रो, चौंथो र छैटौं होलमा बर्डी प्रहार गर्दा रवीले नवौं होलमा एक सट खेर फाले। चनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा खेल अन्त्य गरे। यसपछि १४औं र १७औं होलमा एक–एक सट बचाए पनि १६औं होलको बोगीले ब्याक नाइन १–अन्डर ३३ मा पुरा गरे।

भुवनले आज बोगीरहित राउण्ड खेले। उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा खेल पुरा गर्ने क्रममा दोस्रो, चौंथो र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १५औं होलको अर्को बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा पुरा गरे। 

तेस्रो स्थानमा उक्लिएका रमेश अधिकारीले १–अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १–अन्डर ३३ मा पुरा गरे। उनले पहिलो, तेस्रो, चौथो र नवौं होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगीको सामना गरे। ब्याक नाइन इभन–पार ३४ मा सकाए। ११औं र १३औं होलमा एक–एक सट बचाए भने १५औं र १७औं होलमा एक–एक सट खेर फाले। 

एमेच्योरतर्फ अजित बिके समग्रमा ६–ओभर १ सय ४२ सहित शीर्षस्थानमा छन्। उनले आज ४–ओभर ७२ मा खेल सकाए। दोस्रो स्थानमा रहेका सुरेश तामाङ र तेश्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन्। 

३६ होलको खेल सकिँदा १५–ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन्। एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनौट भएका छन्। 

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: Dec 07, 2022| 18:52 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।