शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभाबाहेक सबै पहाडी जिल्लासँग टुट्‍यो प्रदेश १ को हवार्इ सम्पर्क 

संखुवासभाबाहेक सबै पहाडी जिल्लासँग टुट्‍यो प्रदेश १ को हवार्इ सम्पर्क 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- अन्तर्राष्ट्रिय उडान र माउन्टेन फ्लाइट समेत गर्ने चर्चा चलिरहेको विराटनगर विमानस्थल संखुवासभा बाहेक प्रदेश १ का सबै जिल्लासँग हवाइ सम्पर्क टुटेको छ। हवाइ सम्पर्क विच्छिेदपछि यस अघि हवाइ उडान भइरहेका जिल्ला सांसद तथा सर्वसाधारणलार्इ  प्रदेशको अस्थायी राजधानी आउन समस्या भएको छ। 

‘पहिले प्रदेश राजधानी जान सिधा हवाइ सम्पर्क हुँदा सजिलो थियो’, भोजपुरका प्रदेश सांसद राजेन्द्र राई भन्छन, ‘अब भोजपुरबाट विराटनगर आउन एकमात्र विकल्प सडक हो।’ राईमात्रै हैन खोटाङका सांसदहरुलाइ पनि यस्तै सकस भएको छ। 

चल्दै आएका दुइ जिल्लामा पनि उडान बन्द

विराटगरबाट खोटाङका तीन विमानस्थहरु थामखर्क, लामिडाँडा, खानीडाँडा र भोजपुरको भोजपुर विमानस्थलमा उडान हुँदै आएकोमा त्यो पनि बन्द भएको विराटनगर विमानस्थलले बताएको छ। विराटनगर नागरिक उडड्यन कार्यालयका प्रबन्धक सन्तोष ढकालका अनुसार हाल संखुवासभाको तुम्लीङटार बाहेक अन्य कुनै पनि विमानस्थलमा निजी र सरकारी विमानहरुले उडान गरेका छैनन। 

प्रबन्धक ढकाल भन्छन, ‘अहिले  विभिन्न कारण देखाउँदै पहाडी जिल्लामा विराटनगरबाट हुने उडानहरु बन्द गरिएको छ। त्यहि काठमाण्डौं-विराटनगर नियमित र बेलाबेला विराटनगर-तुम्लीङटार उडान भइरहेको छ।’

प्रदेशको अस्थायी राजधानीसँग प्रदेशकै अधिकांश विमानस्थल जोडिनै बाँकी 

१ सय १५  बिगाहा क्षेत्रफल तथा १५ सय मिटरको धावनमार्ग भएको विराटनगरमा सय सिटे विमानबाट भारतको पटनामा समेत उडान भएको थियो। अन्तर्राष्ट्रिय उडानको अनुभव गरेपनि प्रादेशिक उडानमा भने विराटनगर विमानस्थल पछि परेको छ। जसको प्रत्यक्ष समस्यामा परेका छन प्रदेशको अस्थायी मुकाम आउनुपर्ने सांसद र सर्वसाधारणहरु। 

सोलुखुम्बु, ताप्लेजुङ र ओखलढुंगा विराटनगरबाट उडान नहुँदा त्यस क्षेत्रका प्रदेश सांसदहरूले सडक मार्गबाटै वा काठमाडौँ पुगेर आफ्नो गृह जिल्लामा आउनुपर्ने बाध्यता रहेको बताउँछन। सोलुखुम्बुका प्रदेश सांसद  बुद्धिकुमार राजभण्डारी अब प्रदेशका सबै विमानस्थलसम्म विराटनगरबाट उडान हुनुपर्ने बताउँछन। 

राजभण्डारी भन्छन, ‘विमानस्थल भएर पनि सडकमार्गबाट यात्रा गर्नुपर्ने बाध्यता हटाउन प्रदेशका सबै विमानस्थलसम्म विराटनगरबाट उडान हुनुपर्छ। यात्रु नपाएकाले उडान गर्न नसकिने निजी एयरलाइन्सको भनाइ छ। सरकारी विमानको त कुनै वास्ता छैन ।’

दैनिक हवाइ सेवा संचालन गर्ने र नगर्ने दुवै गरेर प्रदेश १ मा विभिन्न १४ वटा विमानस्थलहरू छन्। प्रदेश १ का १४ वटा विमानस्थलमा पूर्व तराईको झापामा भद्रपुर र मोरङमा विराटनगरबाहेक सबै विमानस्थलहरू पाहाडि क्षेत्रमा छन्।

सोलुखुम्बुमा सबैभन्दा धेरै तेन्जिङ हिलारी, लुक्ला, फाप्लु, स्याङबोचे र कांगेल गरेर पाँच वटा विमानस्थलहरू छन्। दोस्रो धेरै विमानस्थल भएको खोटाङमा खानिडाँडा, लामिडाँडा र थामखर्क विमानस्थल गरेर तीन विमानस्थलहरू छन्। 

सङ्खुवासभामा र ताप्लेजुङमा क्रमशः तुम्लिङटार र सुकेटार विमानस्थलहरू रहेका छन् भने ओखलढुंगामा रुम्चाटार विमानस्थल छ। भोजपुरमा भोजपुर विमानस्थल र इलाममा फाल्गुनन्द विमानस्थल रहेका छन्।
 
प्रदेश १ मा ५ जिल्ला विमानस्थल विहीन

प्रदेश १ का तराईमा सुनसरी र पाहाडमा उदयपुर, धनकुटा, तेह्रथुम र पाँचथरमा कुनै विमानस्थलहरू बनेका छैनन्।

प्रदेश सरकारले ल्याएको सरकारी कार्यक्रमहरूमा विमानस्थल नभएका क्षेत्रहरूमा विमानस्थल बनाउने बताएको छ। हाल इलाममा सुकिलुम्बा भन्ज्याङमा विमानस्थल निर्माण अगाडि बढेको छ। धनकुटाको बेलहरामा स्थानीयले ६० रोपनी जग्गा दिनेभएपनि विमानस्थलको वित्रित परियोजना प्रतिवेदन समेत तयार भएको छ। 

सुनसरीको धरानस्थित डाडाघोपामा निर्माण हुने भनेको बहुचर्चित धरान विमानस्थल भने जग्गा अभावले निर्माण प्रक्रियामा अगाडि बढेको छैन् । सुनसरी र धरान बाहेक अन्य पाहाडि जिल्लामा भने विमानस्थल बनाउने कुनै ठोस कदम नचालिएको त्यी जिल्लाका स्थानीयहरू बताउँछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।