शुक्रबार, कात्तिक २८, २०८२

नेपालको बलिङ नचल्दा नामिबियाले दियो ठूलो लक्ष्य

नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ। खेलमा टस जितेर बलिङ रोजेको नेपालको बलिङ चल्न नसकेपछि नेपालले २७६ रनको लक्ष्य पाएको हो।

National life

खेलमा ५० ओभर नै मैदानमा टिकेको आयोजक नामिबियाले सात विकेट गुमाएर २७५ रन बनाएको हो। ५ दशमलव ५ को रन रेट राखेको नामिबियाका ओपनर लो धन्द्री लोउरेन्सले १४ र डिवान ला ककले १८ रन मात्र बनाएका थिए। खेलमा राम्रो सुरुआत गरे पनि नेपाली बलिङले त्यसलाई निरन्तरता दिन सकेन। आठौं ओभरको पाँचौ बलमा २८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाले ११ औं ओभरको पहिलो बलमा ३४ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको थियो।

तेस्रो नम्बरमा मैदानमा आएका मिचेल भान लिन्गेनले भने सतक प्रहार गरे। खेलमा अविजित उनले १११ बलमा १५ चौका र एक छक्काका साथ ११९ रन बनाएका छन्। ७६ बल खेलेका कप्तान गेरहार्ड एरास्मसले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए। त्यस्तै जान निकोल लोफटी इटोनले पनि ४० रनको योगदान दिए।

नेपालका लागि आज ललित राजवंशीले उत्कृष्ट फिगरको बलिङ गरे। १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर चार विकेट गिराएका हुन्। नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए। त्यस्तै सागर ढकालले समान १–१ विकेट लिए। नेपाली खेलाडीले दुई ओभर मात्र मेडन राख्न सकेका छन्। सोमपाल र गुल्सन झाले एकएक ओभर मेडन राखेका थिए।

नेपाले अहिले ब्याटिङ सुरु गरेको छ। ओपनिङमा अर्जुन साउँदसँगै कुशल भुर्तेल आएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2022| 17:39 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।