शुक्रबार, कात्तिक २८, २०८२

इडेन हजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी इडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी इडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। बेल्जियमबाट १२६ खेल खेलेका हजार्डको बेल्जियम टिम कतार विश्वकपको समूह चरणबाटै आउट भएको केही दिनमै संन्यास घोषणा गरेका हुन्।

National life

३१ वर्षे हजार्डले अहिलेसम्म बेल्जियमका लागि ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। फिफा विश्वकपमा कप्तानी गरेका हजार्ड बेल्जियममा विंगर तथा अट्याकर हुन्। अहिले ला लिगा क्लब रियल मड्रिडमा खेलिरहेका हजार्ड कलात्मक फुटबल खेल्न रुचाउँछन्। उनको ड्रिबलिङ, पासिङ र खेललाई हेर्न नजरका विश्वभर नै धेरै फ्यान रहेका छन्।

उनको पुस्ताको हजार्ड एकदमै कौशल खेलाडी हुन्। सन् २००५ मा स्थानीय क्लबमा खेल्दै करिअरको सुरुआत गरेका हजार्ड फुटबल खेल्नका लागि बेल्जियमबाट फ्रान्स पुगेका थिए। त्यहाँ उनले लिग वान क्लब लिल्लबाट खेल्न थाले। लिल्लबाट खेलेको पहिलो वर्ष नै उनी सर्वोत्कृष्ट युवा खेलाडी बने। फ्रान्सेली फुटबलमा यो अवार्ड जित्ने पहिलो फ्रान्सबाहिरको खेलाडी बनेका थिए हजार्ड।

त्यहाँ गरेको प्रदर्शनबाटै उनी सन् २००८ मा बेल्जियमको सिनियर टिममा पर्न थालेका हुन्। त्यतिमात्र नभएर उनले बेल्जियमबमट यू १५, यू १६, यू १७ र यू १९ बाट पनि खेलिसकेका छन्। सन् २००७ मा १६ वर्षको उमेरमा नै उनले सिनियर टिमबाट खेल्न थालेका हुन्। बेल्जियमको फुटबलको स्वर्णिम पुस्ताका खेलाडी हुन हजार्ड। उनको टिम पछिल्लो विश्वकपको सेमिफाइनलमा पुगेको थियो। त्यो विश्वकपमा बेल्जियम तेस्रो भयो। यो नै हजार्डको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो।

त्यो वर्ष बेल्जियमले उपाधि दाबेदार ब्राजिललाई क्वार्टरफाइनलमै हराएको थियो। हजार्डले सन् २००८ को नोभेम्बरमा लक्जम्बर्गविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए। त्यतिबेला उनी मात्र १७ वर्षका थिए। तर डेब्यू गरेको तीन वर्ष पछि मात्र उनले काजखस्तानविरुद्ध गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

उनले बेल्जियमलाई सन् २०१४ को ब्राजिल विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएका थिए भने सन् २०१६ को युरोकपमा पनि बेल्जियम क्वार्टरफाइनल पुगेको थियो। त्यसको १४ वर्षपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए। उनको कालमा नै बेल्जियम फिफाको विश्व वरीयताको शीर्षस्थानमा लामो समय रह्यो।

प्रकाशित: Dec 07, 2022| 16:39 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।