मंगलबार, पुस २९, २०८२

नेपालले आज नामिबियाविरुद्ध खेल्दै, जितको दबाबमा नेपाली टिम

यो तालिका एकदिवसीय मान्यता बचाउनका लागि पनि महत्वपूर्ण छ। तालिकामा शीर्ष पाँच टिमले एकदिवसीय मान्यता बचाउँछन्। तर नेपाल छैटौं स्थानमा छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं – नामिबियामा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज १ः४५ बजे सुरु हुने खेलमा नेपालले आयोजक टिमको सामना गर्दैछ। शृंखलाको पाँचौ खेलमा नेपालले आफ्नो तेस्रो खेल नामिबियाविरुद्ध खेल्न लागेको हो।

National life

आयोजक नामिबियाको लागि भने यो अन्तिम खेल हुँदैछ। त्यसैले आजको खेलमा जित निकालेर नामिबिया घरेलु मैदानमा शृंखलाको सुखद् अन्त्य गर्न चहान्छ। तर नामिबियालाई भन्दा धेरै जितको आवश्यत्ता नेपाली टिमलाई छ। किनभने पछिल्लो दुई शृंखलाका धेरै खेलमा नेपालले जित निकाल्न सकेको छैन। नेपालले पछिल्लो पटक अमेरिका र स्कटल्यान्डमा भएका खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन्। त्यसैले नेपाल अहिले २२ खेलमा १८ अंकका साथ तालिकाको छैटौं स्थानमा समेटिएको छ।

पछिल्लो खेलमा पनि नेपालले राम्रो गर्न सकेको छैन। नामिबियासँग नेपालका ज्ञानेन्द्र मल्ल बाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन नै गर्न सकेनन्। ज्ञानेन्द्रले ७५ रन बनाए पनि खेल नतिजाविहिन भयो। अर्को खेलमा, स्कटल्यान्डविरुद्ध नेपाली टिम ४० ओभर एक बलमा १३७ रन बनाउँदै अलआउट भयो। त्यो खेलमा सर्वाधिक रन नै २९(गुल्सन झा) थियो। यता, नेपाली टिमका प्रशिक्षक मनोज प्रभारकले टिममा नयाँ ‘कम्बिनेसन’ को प्रयोग गरिरहेका छन्। उनले ओपनर कुशललाई पाँचौ नम्बरमा ब्याटिङ गराएका छन् भने युवा खेलाडी अर्जुन साउँदलाई ओपनिङमा जोड गरिरहेका छन्।


आज नेपालले १ः४५ मा नामिबियाको विनडोएक मैदानमा खेल सुरु गर्दा जितको लक्ष्यका साथ मैदान उत्रने छ। आईसीसी लिग २ मा नेपालभन्दा निकै बलियो स्थानमा छ नामिबिया। उसले अहिलेसम्म २९ खेलबाट ३५ अंक बनाइसकेको छ। त्यसैले नामिबिया अहिले कमसेकम ओमनलाई भेट्ने योजनामा अघि बढिरहेको छ। ओमनले लिग २ को चक्रका सम्पूर्ण खेलहरु(३६) बाट ४४ अंक जोडेको छ। यता सिरिजमा सबैभन्दा कम खेल खेल्ने देश भने नेपाल हो।

Laxmi sunrise bank
kumari

नेपालले २२ खेल मात्र खेलेको छ। जबकी शीर्षस्थानको स्कटल्यान्ड(४४ अंक) ले ३१, दोस्रो स्थानको ओमन(४४) ले ३६, तेस्रो स्थानको नामिबिया(३५)ले २९, चौथो स्थानको यूएसए(३५), पाँचौ स्थानको यूएई(२७) ले २६ खेल खेलिसकेका छन्। तालिकाको पुछार अर्थात् सातौं स्थानको पुवा न्युगिनीले पनि २८ खेलमा सहभागीता जनाइसकेको छ। तर उसले पाँच अंक मात्र बटुल्न सकेको छ।

लिग २ को तालिकामा तीन देशको मात्र नेट रनरेट ऋणात्मक छ। रनरेट ऋणात्मक भएको देशमा पर्छ नेपाल पनि। नेपालबाहेक अमेरिका र पिएनजीको नेट रनरेट शून्यभन्दा तल छ। त्यसैले नेपालले जित निकाल्दै रन रेटमा पनि सुधार गर्नुपर्ने छ। यो सिरिजको एक खेलमा नामिबियाले जित निकालेको छ भने एक खेल नतिजाविहिन भएको छ। नेपालले भने जित निकाल्न सकेको छैन। पहिलो खेलमा नामिबियासँग नेपाल नतिजाविहिन भयो भने दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग तीन विकेटको हार बेहोरेको थियो।

यता पहिलो खेलमै स्कटल्यान्डले नामिबियार्लाइ हरायो। नामिबियाको दोस्रो खेल नतिजाविहिन बन्दा तेस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो। आज नेपालले नामिबियालाई हराउन सके, नेपालले अंकतालिकामा सुधार गर्नेछ।

यो तालिका एकदिवसीय मान्यता बचाउनका लागि पनि महत्वपूर्ण छ। तालिकामा शीर्ष पाँच टिमले एकदिवसीय मान्यता बचाउँछन्। तर नेपाल छैटौं स्थानमा छ।

प्रकाशित: Dec 07, 2022| 13:05 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।