काठमाडौं– कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि–क्वार्टर फाइनल खेलमा स्विट्जरल्यान्डविरुद्ध गोल गरेका ३९ वर्षीय पोर्चुगिच डिफेन्डर पेपे विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्।
उनले मंगलबार राती भएको स्विट्जरल्यान्डविरुद्धको खेल ६–१ गोल अन्तरले जित्दा हेडिङमार्फत उत्कृष्ट एक गोल गरेका थिए।