शुक्रबार, साउन १, २०८३

श्रीकृष्ण प्रणामी युवा परिषदको अध्यक्षमा नमराज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-श्रीकृष्ण प्रणामी युवा परिषदको १२ औँ अधिवेशन सम्पन्नभएको छ । सो अधिवेशनबाट नमराज ढकालको नेतृत्वमा २१ सदस्यी कमिटी चयनभएको छ । काठमाडौँको गोठाटारमा शनिबारबाट दुई दिनसम्म चलेको सो अधिवेशनबाट अध्यक्षमा ढकाल निर्बिरोध भएका हुन् ।

उपाध्यक्षमा क्रमशः यज्ञप्रसाद ढकाल (मोरङ), कौशल फुयाँल (काठमाडौँ), जगदिशचन्द्र शर्मा (चितवन), महासचिवमा सुमन पुडासैनी (चितवन), सचिवमा टंकप्रसाद ओझा, कोषध्यक्षमा सुजन सुवेदी र सह-कोषाध्यक्षमा कमल कृष्ण केसी निर्वाचित भए ।

सदस्यहरुमा क्रमशः इन्द्रप्रसाद दहाल, अनिल कोइराला, गंगालाल श्रेष्ठ, छविलाल थपलिया, कमल कोइराला, उद्धव केसी, नमराज गौतम, रितुदेवी सापकोटा, विष्णुप्रसाद वाग्ले , पर्शुराम सापकोटा, यदुकुमारी वाग्ले, उमेश प्रधान विजयी भए ।

विजयीपछि कार्यक्रमलाई बोल्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा संस्थालाई सुदृढ बनाउने बताए । उनले युवा क्षमताको विकास, सीप विकाससँगै सूचना र प्रविधिमैत्री बनाउने पनि बताए। उनले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमाकामगर्ने प्रतिबद्धता ब्यक्तगर्दै विपन्न परिवारका बालबच्चालाई छात्रावृद्धिमार्फत शिक्षाको पहुँच पुर्‍याउने बताए ।

नवनिर्वाचित अध्यक्ष ढकालले परिवार, समाजको र राष्ट्रको सम्पत्तिको रुपमा लिइने युवाहरु आज विकृति, विसंगती र संस्कारको कमीले दुव्र्यसनी र कुलतको शिकार भइरहेको वर्तमान सन्दर्भमा युवा परिषदले उनीहरुलाई नैतिक तथा आध्यामिक शिक्षाको माध्यमबाट सुसंस्कृत बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन स्वदेशमै पेशा, रोजगारीको सुनिश्चितता गर्ने उद्देश्यले सीप विकास, उद्यमशिलता विकास र अन्य क्षमता विकास सम्बन्धी तालिम कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गरिने पनि बताए ।  

आध्यामिक दर्शन र मुलुकभित्र ठूलो संख्या अनुयायी रहेको धर्म र संस्कृतिको संरक्षण र विकासमा राज्यका कुनै पनि निकाय एवं ३ वटै तहको सरकारी संयन्त्रबाट समेत कुनै ध्यान नदिएकोमा राज्यपक्षसँग गुनासो गर्दै अध्यक्ष ढकालले आगामी दिनमा युवावर्गलाई नैतिकवान र अनुशासित बनाउन र शान्त एवं सुखी नेपाली समाज निर्माण गर्न अध्यात्मिक दर्शनको र धर्म संस्कृतिको सम्बर्धन एवं विकासमा जोड दिन सरकारको ध्यानाकर्षण गरे ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।