आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पेनलाई पेनाल्टीमा हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वार्टरफाइनलमा

स्पेनलाई पेनाल्टीमा हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वार्टरफाइनलमा

खेलअघि स्पेनका प्रशिक्षक एनरिकले आफ्ना खेलाडीलाई एक हजार पटक पेनाल्टीको अभ्यास गर्न होमवर्क दिएको बताएका थिए।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं – स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले हाराउँदै मोरोक्को कतारमा जारी फिफा विश्वकपको अन्तिम आठमा पुगेको छ। खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो। तर अतिरिक्त समयमा पनि गोल नभएपछि मोरोक्कोले पेनाल्टीमा जित निकालेको हो।

triton college

खेल अवधिभर ७७ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै १०१९ पास खेलेको स्पेनले विपक्षिका पोस्टतर्फ १३ प्रहार गरेको थियो। तर त्यसमध्येको एक प्रहार मात्र पोस्टको सहि दिशामा थियो।

यता मोरोक्कोको छ मध्ये दुई प्रहार पोस्टको सहि दिशामा रहे। तर दुवै टिमले गोल गर्न भने सकेनन्। यससँगै खेले पेनाल्टी सुटआउटमा पुगेको थियो।

खेलअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा स्पेनका प्रशिक्षक एनरिकले आफ्ना खेलाडीलाई एक हजार पटक पेनाल्टीको अभ्यास गर्न होमवर्क दिएको बताएका थिए। विश्वकपमा कुनै पनि खेलमा पेनाल्टी हुन सक्ने भन्दै एनरिकेले खेलाडीलाई विश्वकपअघि पेनाल्टीमा गोल गर्न अभ्यास गराएका थिए।

उनले पेनाल्टी उपहार वा कुनै चिट्ठा नभएको भन्दै खेलाडीलाई अभ्यास गराएको बताएका थिए। यसअघि युरोकप २०२० मा पनि स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टीमै हराएको थियो। तर सेमिफाइनलमा इटालीसँग हारेपछि बाहिरिएको थियो।

corrent noodles
Metro Mart

‘एक वर्षअघि नै स्पेनको एक क्याम्पमा मैले उनीहरुलाई एक हजार पटक पेनाल्टी प्रहार गर्नु भनेको थिएँ,’ एनरिकेले खेलअघि सोमबार भनेका थिए, ‘मलाई लाग्छ उनीहरुले आफ्नो होमवर्क पूरा गरेका छन्। किनभने पेनाल्टी अभ्यास गर्नका लागि यहाँसम्म पुग्न सकिँदैन।’ उनले ‘स्पोट किक’ भाग्यचिट्ठा नभएको पनि बताएका थिए।

तर गएरातिको खेलमा भने स्पेन पेनाल्टीमा हार बेहोरेर घर फर्किएको छ। उसका कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।

पहिलो प्रहारका लागि गएका पावलो सराबियाको बल पोस्टको बारमा ठोक्किएर फर्कियो। कार्लोस सोलर र सर्जियो बुस्केट्सको प्रहार भने गोलकिपरले बचाएका थिए।

यससँगै लगातार दोस्रो पटक स्पेन अन्तिम १६ बाटै घर फर्किएको छ। अघिल्लो पटक रशिया विश्वकपमा प्रिक्वार्टरफाइनलबाटै फर्किएको स्पेन २०१४ को ब्राजिल विश्वकपमा भने समूह चरणबाटै बाहिरएको थियो। तर स्पेन सन् २०१० को विश्वकप विजेता हो।

अब मोरोक्को र पोर्चुगलले आगामि मंसिर २४ गते शनिबार राति ८:४५ बजे क्वार्टरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन्।


प्रकाशित: Dec 07, 2022| 06:35 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।