मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक बेन्टोले छोडे टिम

विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक बेन्टोले छोडे टिम

कतारमा जारी विश्वकपमा अन्तिम १६ को खेलमा ब्राजिलसँग ४–१ को हार बेहोरेपछि दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले कोरियाली टिम छोड्ने घोषणा गरेका छन्। उनले अब कोरियाली टिम छोड्ने बताएका हुन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– कतारमा जारी विश्वकपमा अन्तिम १६ को खेलमा ब्राजिलसँग ४–१ को हार बेहोरेपछि दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले कोरियाली टिम छोड्ने घोषणा गरेका छन्। उनले अब कोरियाली टिम छोड्ने बताएका हुन्। 

समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराएपछि कोरियाले विश्वकपको अन्तिम १६ को यात्रा गरेको थियो। तर कोरिया अन्तिम १६ बाट अघि बढ्न सकेन।

५३ वर्षे पोर्चुगिज प्रशिक्षक बेन्टो सन् २०१८ मा दक्षिण कोरियाको प्रशिक्षकमा नियुक्त भएका थिए। उनले समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई नै हराएका थिए। ‘हामीले भविष्यको बारेमा पनि सोच्नुपर्ने हुन्छ। तर म भएँ भने यो राम्रो हुन्छ जस्तो मलाई लागेको छैन,’ बेन्टोले भनेका छन्, ‘मैले अहिले खेलाडी र संघको अध्यक्षलाई मात्र भनेको छु। र, यो निर्णय मैले यसअघि सेप्टेम्बरबाट नै लिएको हो।’

उनले तीन महिनादेखि लिएको निर्णय अहिले पूरा भएको पनि बताएका छन्। त्यस्तै, उनले दक्षिण कोरियाका खेलाडी र स्टाफलाई पनि धन्यवाद दिएका छन्। ‘उनीहरुले धेरै राम्रो फुटबल खेलेका छन् र उनीहरुको प्रशिक्षक हुन पाएकोमा म धेरै खुसी छु,’ बेन्टोले भनेका छन्।


प्रकाशित: Dec 06, 2022| 16:53 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।