शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपअघि हजार पटक पेनाल्टी हान्न एनरिकेले खेलाडीलाई दिएका थिए होमवर्क

विश्वकपअघि हजार पटक पेनाल्टी हान्न एनरिकेले खेलाडीलाई दिएका थिए होमवर्क

स्पेन समूहमा उपविजेता भएर अन्तिम १६ मा पुगेको हो भने मोरक्को समूह विजेता भएर। यस्तोमा आजको खेलको अतिरिक्त समयसम्म पनि बराबरीमा रोकिने सम्भावना रहेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– कतार विश्वकपमा आज मंगलबार स्पेनले मोरक्कोको सामना गर्दैछ। अहिलेसम्मको तीनै खेलमा मोरक्कोसँग नहारेको स्पेन आजको खेलमा पनि जितको लक्ष्यका साथ मैदान उत्रँदै छ।

National life

स्पेन समूहमा उपविजेता भएर अन्तिम १६ मा पुगेको हो भने मोरक्को समूह विजेता भएर। यस्तोमा आजको खेलको अतिरिक्त समयसम्म पनि बराबरीमा रोकिने सम्भावना रहेको छ। विश्वकपमा कुनै पनि खेलमा पेनाल्टी हुन सक्ने भन्दै एनरिकेले खेलाडीलाई विश्वकपअघि पेनाल्टीमा गोल गर्न अभ्यास गराएका छन्।

उनले पेनाल्टी उपहार वा कुनै चिट्ठा नभएको भन्दै खेलाडीलाई अभ्यास गराएको बताएका छन्। यसअघि युरोकप २०२० मा पनि स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टीमै हराएको थियो। तर सेमिफाइनलमा इटालीसँग हारेपछि बाहिरिएको थियो।

‘एक वर्षअघि नै स्पेनको एक क्याम्पमा मैले उनीहरुलाई एक हजार पटक पेनाल्टी प्रहार गर्नु भनेको थिएँ,’ एनरिकेले खेलअघि सोमबार भनेका छन्, ‘मलाई लाग्छ उनीहरुले आफ्नो होमवर्क पूरा गरेका छन्। किनभने पेनाल्टी अभ्यास गर्नका लागि यहाँसम्म पुग्न सकिँदैन।’ उनले ‘स्पोट किक’ भाग्यचिट्ठा नभएको पनि बताएका छन्। यहि विश्वकपमा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी र पोल्यान्डका आट्याकर रोवर्ट लेवान्डोस्कीले पेनाल्टीको अवसर पाएर पनि गोल गर्न सकेका थिएनन्।

‘त्यो अधिक तनावको एक अवस्था हो भने धैर्यता र कौशल देखाउने समय पनि हो। र, यदि खेलाडीले हजार पटक पेनाल्टी अभ्यास गरेको छ भने उसले चाहेको ठाउँमा नै पेनाल्टी हान्न सक्नेछ,’ एनरिकेले पेनाल्टीको प्रसंगलाई सम्झाउँदै भने, ‘पेनाल्टीले एक खेलाडीको बारेमा धेरै जानकारी दिन्छ। पेनाल्टीको तनाव भनेको चाहिँ अभ्यास गरेर व्यवस्थापन गर्न सकिने कुरा हो। तर अहिले गोलकिपरले धेरै प्रभाव पार्न थालेका छन्।’

Laxmi sunrise bank
kumari

उनले आफ्नो गोलकिपर उनाइ साइमनको पनि प्रशंसा गरेका छन्। बाँकी गोलकिपर पनि उत्कृष्ट रहेको दाबी उनले गरे। ‘मैले अभ्यासपछि पनि पेनाल्टी प्रहार गरिरहेको देखेको छु,’ उनले भने।

त्यस्तै, स्पेनको डिफेन्सिभ अप्रोचको अहिले आलोचना भइरहेको छ। त्यो आलोचनाका बारेमा पनि एनरिकेले जवाफ दिएका छन्। उनले प्रतियोगिताअघि डिफेन्सिभ नखेल्ने कमिटमेन्ट गरे पनि प्रतियोगितामा प्रदर्शन फेरिएको छैन। जसले उनीहरुलाई खतरा हुने ठाउँमा खेल्न गाह्रो भइरहेको छ।

त्यसैको फलस्वरुप जापानले २–१ को जित निकालेको हो। ‘सबै टिमको आफ्नो हतियार हुन्छ,’ उनले भने, ‘हामी सबैभन्दा उत्कृष्ट शैली प्रयोग गरेर फरवार्डसम्म बल पुर्याउँछौं। लामो बल हान्नु छ भने हामी हानिहाल्छौं। यसको व्याख्या पिचमा गरिनु पर्दछ।’

प्रकाशित: Dec 06, 2022| 15:29 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।