शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ: नेइमार

घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ: नेइमार

प्रतियोगिताको पहिलो खेलमा सर्बियासँगको खेलमा चोटग्रस्त भएर मैदान छाडेका ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर प्रेरित खेलमा ब्राजिल कोरियाविरुद्ध पूर्ण रुपमा हावी भएको थियो। त्यसक्रममा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा सोमबार राति प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई ब्राजिलले ४–१ गोल अन्तरले पराजित गर्यो।

National life

प्रतियोगिताको पहिलो खेलमा सर्बियासँगको खेलमा चोटग्रस्त भएर मैदान छाडेका ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर प्रेरित खेलमा ब्राजिल कोरियाविरुद्ध पूर्ण रुपमा हावी भएको थियो। त्यसक्रममा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए।

खेलपछि मिडियासँग कुरा गर्दै उनले घाइते भएको रात आफूले विश्वकप गुमाउँछु भन्ने डरका कारण रोएर बिताएको बताएका छन्। उनले भने, ʻआज हामीले राम्रो खेलेर जित्यौं, अब हामी उपाधिको एक कदम नजिक पुगेका छ्रौं। म टिममा फर्किएर अत्यन्तै खुशी छु। म घाइते भएको रात पूरै रातभर रोएको थिएँ। मलाई विश्वकप गुमाउँछु भन्ने ठूलो डर थियो। तर म चाँडै नै ठिक भएर मैदान फर्किएको छु र टिमलाई पूर्ण रुपमा सहयोग गर्नेछु।ʼ 

अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसिया विरुद्ध खेल्नेछ।

प्रकाशित: Dec 06, 2022| 15:15 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।