शुक्रबार, कात्तिक २८, २०८२

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ।

National life

विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

चार दिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यावसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहने छ। प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख ७० हजार रुपैयाँ छ।

डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न ओपन, जनवरी १६–१९ तारिखसम्म गोकर्णमा सूर्य नेपाल सेन्ट्रल ओपन, फेब्रुअरी १ देखि ३ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल एनपीजीए म्याच प्ले, फेब्रुअरी २२ देखि २५ तारिखसम्म पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन, मार्च १४ देखि १७ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल च्यालेन्ज, अप्रिल १८–२१ तारिखसम्म गोकर्णमा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र मे ८–१२ तारिखसम्म गोकर्णमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ।

आठ प्रतियोगिताको कूल पुरस्कार राशि ६१ लाख ८५ हजार रुपैयाँ रहेको छ। इस्टर्न ओपन, सेन्ट्रल ओपन, वेस्टर्न ओपन र एपीएजीए टुरको पुरस्कार राशि समान ८–८ लाख रुपैयाँ रहेको छ। एनपीजीए म्याच प्लेको २ लाख ५० हजार, नेपाल च्यालेन्जको ५ लाख ४५ हजार र प्रिमियर गल्फको १५ लाख २० हजार रुपैयाँ पुरस्कार राशि रहेको छ।

Laxmi sunrise bank
kumari

एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले युवा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न उत्सुक रहेको बताउँदै निरन्तर सहयोगका लागि सूर्य नेपाल प्रा.लि. लाई धन्यवाद दिए।

प्रकाशित: Dec 06, 2022| 14:37 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।