आइतबार, वैशाख १६, २०८१

स्पेनलाई मोरक्को कठिन प्रतिद्वन्द्वी हो?

यी दुई टिमबीच विश्वकपमा यो दोस्रो भेट हो। चार वर्षअघिको रसिया विश्वकपको समूह चरणमा २–२ को बराबरी हुनुपूर्व मोरक्कोले दुई गोलको अग्रता बनाएको थियो।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को आजको पहिलो खेलमा स्पेनले मोरक्कोको सामना गर्दै छ। आज राती पौने ९ बजे एजुकेसन सिटी रंगशालामा हुने खेलमा यी दुई टिमले प्रतिस्पर्धा गर्न लागेका हुन्।

triton college

यी दुई टिमबीच विश्वकपमा यो दोस्रो भेट हो। चार वर्षअघि रसियामा भएको विश्वकपको समूह चरणमा २–२ को बराबरी हुनुपूर्व मोरक्कोले दुई गोलको अग्रता बनाएको थियो।

अन्तिम मिनेटमा इगो असपसले गोल गरेपछि मात्र खेल बराबरीमा आएको थियो। त्यसैले स्पेनका लागि मोरक्को सहज प्रतिद्वन्द्वी पनि होइन। त्यसमाथि युरोपका ठूला लिगमा खेल्ने खेलाडीको कमी छैन मोरक्कोको टिममा। 

त्यसैमध्येका एक हुन्, एन यासरी। स्पेनी ला लिगा क्लब सेभियाका स्ट्राइकरलाई प्रिमियर क्लबले पनि अहिले आँखा लगाउन थालिसकेका छन्।

उनी स्पेनको टिमबारे सबैभन्दा धेरै जानकार छन्। ‘हामी कतारमा राम्रो प्रदर्शन गर्ने सपना लिएर आएका छौं। हाम्रो सपनालाई साकार बनाउन प्रतिबद्ध र विश्वस्त छौं,’ २५ वर्षीय स्ट्राइकरले भनेका छन्, ‘हाम्रो फोकस हाम्रो क्षमता, सम्भाव्यता र कसरी खेल प्रस्तुत गर्ने भन्ने सन्दर्भमा हुनेछ। हामी जितका लागि एकताबद्ध भएर खेल्दै छौं।’

corrent noodles
Metro Mart

सबै खालका प्रतियोगितामा स्पेन बलियो देखिन्छ। उसले यसअघि मोरक्कोसँग तीन पटकको भेटमा हार बेहोरेको छैन। त्यसमध्ये दुई खेलमा जित निकालेको छ भने एक बराबरी गरेको छ।

तर यी दुई टिमले सुरुआती दुई खेल खेलेको  लामै समय भइसकेको छ। ६० वर्षअघि विश्वकप छनोटअन्तर्गत प्ले अफमा खेल्दा स्पेनले घरेलु मैदानमा ३–२ को जित निकालेको थियो भने अवे मैदानमा ०–१ को जित निकालेको थियो।

तर त्यो समय जसरी खेलिन्थ्यो, जस्ता खेलाडी थिए र जसरी खेलाइन्थ्यो। आजको फुटबल शैलीमा परिवर्तन आइसकेको छ। त्यसैले त्यो नतिजाले आजको खेललाई केही प्रभाव पार्दैन। अहिले मोरक्को बलियो छ। च्याम्पियन्स लिगमा चम्किएका फियोरेन्टिनाका सोफयन आराबात उत्कृष्ट खेलाडी हुन्।

त्यस्तै, कप्तान रोमाइन साइसा र नायफ आगुवेर्ड डिफेन्समा निकै बलिया खेलाडी हुन्। चल्सीमा हाकिमी जियाच र पिएसजीका आर्चिफ हाकामी तथा बायर्नका नासर मोरक्कोको टिमलाई थप बलियो बनेका छन्।

यो विश्वकपमा केही पराजित टिममध्ये पर्छ, मोरक्को। उसले समूह चरणमका तीन खेलमा हार बेहोरेन। विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियमलाई हराएको मोरक्कोले क्यानाडालाई पनि हराएको थियो भने क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।

त्यसैले ऊ अपराजित यात्रालाई कायम राख्न चाहन्छ। उसले जित निकाल्न सके स्पेन लगातार दुई पटक विश्वकपको अन्तिम १६ बाट बाहिरिनेछ। तर विश्व वरीयताको सातौं स्थानमा रहेको स्पेन त्यो चाहँदैन। ऊ रसिया विश्वकपको अन्मि १६ बाटै बाहिरिनुपरेको पीडालाई मल्हम लगाउन पनि क्वार्टर फाइनल पुग्न चाहन्छ।

रसिया विश्वकपको अन्तिम खेलमा पनि उसले आयोजकसँग एक–एक गोलको बराबरी खेलेर पेनाल्टीमा हार बेहोरेको थियो। तर पछिल्लो पटक जब स्पेन अन्तिम १६ बाट अघि बढेको थियो, उसले विश्वकप नै जित्यो। 

यो सन् २०१० को दक्षिण अफ्रिकाको कुरा हो। ब्राजिल विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो। तर यो वर्ष स्पेनले पहिलो पटक नकआउट चरणमा अफ्रिकन टिमको सामना गरिरहेको छ।

समूह चरणमा उसले पाँच पटक अफ्रिकन टिमको सामना गरिसकेको छ। त्यसमा उसले एकमात्र हार बेहोरेको छ भने तीन खेलमा जित निकालेको छ।

उसलाई अहिलेसम्म नाइजेरियाले मात्र हराउन सकेको छ। १९९८ मा भएको त्यो खेलमा अहिलेको स्पेनका मेनेजर लुइस एनरिके सुरुआती ११ मै खेलेका थिए। त्यसैले एनरिकेको टिमलाई हराएर मोरोक्को आज अर्को इतिहास रच्न चाहन्छ। 

उसलाई यो खेल किन पनि महत्त्वपूर्ण छ भने विश्वकपमा अहिले दोस्रो पटक मात्र नकआउट चरणमा पुगेको छ। यसअघि सन् १९८६ मा नक आउट चरणमा पुगे पनि जर्मनीसँग १–० को हार बेहोरेको थियो।

यस्तै कारणले यी दुवै टिमका लागि आजको खेल धेरै कुरामा अर्थपूर्ण छ। एक अरबी देशका लागि स्पेनसँग खेल्ने कुरा महत्त्वपूर्ण हो। त्यसमाथि खाडी मुलुकमा भइरहेको प्रतियोगितामा बचेको एक मात्र अरब देश पनि मोरक्को मात्र हो। यस कारण उसलाई आज जित निकाल्न दबाब पनि छ।

मोरक्कोलाई बल दिने अहिले अर्को कुरा पनि छ। उसले सात अंकका साथ समूहमा शीर्ष स्थान कब्जा गरेको थियो। अहिलेसम्म कुनै पनि अरबी देशले विश्वकपमा गरेको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो।

यता, अहिलेका प्रशिक्षक वालिद रेग्रागुईको टिमले पछिल्लो सात खेलमा एक गोलको मात्र सामना गरेको छ। बाँकी सबै खेलमा क्लिन सिट राखेको छ।

त्यसमाथि विश्वकपमा दुवै खेलमा उसले क्लिन सिट राखे पनि क्यानडासँग एक गोलको सामना गरेको हो। स्पेनले सुरुमा कोस्टारिकाविरुद्ध सानदार जित निकाले पनि जापानसँग २–१ को हार बेहोरिइसकेको छ।


प्रकाशित: Dec 06, 2022| 12:09 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।