शुक्रबार, कात्तिक २८, २०८२

विश्वकपको समापनमा दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने

जारी फिफा विश्वकप फुटबलको समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने भएकी छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– जारी फिफा विश्वकप फुटबलको समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने भएकी छन्।

National life

फिफाको इतिहासमा कुनै विश्व सेलिब्रेटीले पहिलोपटक ट्रफी अनावरण गर्न लागेको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन्। अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ।

विश्वकप समारोहमा भाग लिन दीपिका चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन्। विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरीको रुपमा सहभागी भएको केही महिनामै दीपिकालाई यो मौका प्राप्त हुन लागेको हो।

यसै साता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत गरेकी थिइन्। फ्यानले दीपिका पादुकोणलाई शाहरुख खानको आगामी फिल्म ‘पठान’मा देख्न पाउनेछन्।

प्रकाशित: Dec 06, 2022| 11:51 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।