शुक्रबार, साउन १, २०८३

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित असोज ६ गते शनिबार अमेरिका जाने भएका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने  छ।  राष्ट्रसंघको महासभामा भने ओलीले असोज ११ गते मात्रै सम्बोधन गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ ।

नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गर्नुभएको सचिवालयले जनाएको छ ।

महासभामा उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट शुरु हुनेछ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आज मंगलबारबाट न्यूयोर्कमा सुरु भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।