शनिबार, वैशाख १५, २०८१

रोनाल्डोको पोर्चुगल पुग्ला त विश्वकपको क्वाटर फाइनलमा?

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्विटजरल्यान्डसँग खेल्दैछ। यी दुईबीचको खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ।
 |  मंगलबार, मंसिर २०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्विटजरल्यान्डसँग खेल्दैछ। यी दुईबीचको खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ। यस खेलको विजेताले स्पेन र मोरक्कोबीचको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।   

triton college

विश्वकपमा प्रभावशाली सुरुवात गरेको पोर्चुगल समूह 'एच'को विजेता टिम हो। पोर्चुगलले पहिलो खेलमा घानालाई ३-२ गोलअनतरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। त्यसपछिको दोस्रो खेलमा उरुग्वेविरुद्ध २-० को प्रभावशाली जित निकाल्दै पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको थियो। लगातार तीन निकाल्दै अन्तिम १६ मा पुग्ने पोर्चुगलको लक्ष्यमा भने दक्षिण कोरिया बाधक बन्यो। अन्तिम खेलमा पोर्चुगल कोरियासँग २-१ गोल अन्तरले पराजित भयो। तर यो पराजयले पनि पोर्चुगललाई नकआउटमा पुग्न कुनै समस्या भएन। पोर्चुगल सन् २००६ पश्चात् क्वाटरफाइनल पुग्न सकेको छैन। त्यसैले उत्कृष्ट प्रदर्शनका साथ पोर्चुगल क्वाटरफाइनल भन्दा माथि जान चाहन्छ।

रुबियन डियास, जाओ कान्सेलो, ब्रुनो फर्नान्डेज, बेर्नाल्डो सिल्भा, जाओ फ्लिक्स, राफेल लियो जस्ता नयाँ प्रतिभाशाली खेलाडी रहेको पोर्चुगल टिमका मुख्य प्रशिक्षक फर्नाडो सान्तोष आफ्नो टिममा नयाँ पुस्ताका प्रतिभाशाली र पुराना अनुभवी खेलाडीको मिश्रण रहेको कारण टिमबाट धेरै अपेक्षा गरेको बताउँछन्। म्याच प्रि कन्फ्रेन्समा मिडियासँग कुरा गर्दै उनले भने, ‘टिममा सबै खेलाडी फ्रेस छन्। राम्रा खेलाडीको टिममा समिश्रण रहेको छ। जसले गर्दा हामी स्विटजरल्यान्डलाई पराजित गरेर अगाडी जान सक्छौं। हाम्रो टिममा नयाँ प्रतिभाशाली खेलाडी पनि छन् र पुराना अनुभवी खेलाडी पनि। जसले गर्दा टिम एकदमै बलियो छ र हामी टिमबाट धेरै अपेक्षा गरिरहेका छौं।’

त्यस्तै प्रशिक्षक सन्तोष पोर्चुगलको प्रशिक्षण कालमा एउटा विश्वकप उपाधि जित्ने सपना रहेको सुनाउँछन्। ʻमैले मेरो प्रशिक्षण कालमा पोर्चुगलका लागि सबै उपाधि जिताइसकेको छु। अब एउटा मात्रै उपाधि जित्न बाँकी छ र त्यो हो विश्वकप। टिम लयमा छ, हामी नकआउट चरणमा छौं। त्यसैले यो सपनाको पनि हामी आधामा आइपुगिसकेका छौं। अब हामी स्विटजरल्यान्डको चुनौती पार गरेर लक्ष्यको एक कदम नजिक जाने छौं,ʼ उनले भने।

त्यस्तै स्विस टोली पनि समूह चरणमा उत्कृष्ट नतिजाका साथ अन्तिम १६ मा पुगेको हो। ब्राजिल समूह विजेता बनेको समूहमा बराबरी अंक भए पनि गोलअन्तरको आधारमा स्विटजरल्यान्ड दोस्रो स्थानमा रहेर नकआउटमा आएको हो। स्विटजरल्यान्ड समूह 'जी'मा ब्राजिलसँग १-० ले पराजित हुनुबाहेक अन्य दुई खेलमा विजयी भएको थियो। उसले क्यामरुनलाई १-० र सर्बियालाई ३-२ गोलअनतरले पराजित गरेको थियो। पराजित भएको ब्राजिलविरुद्धको खेलमा पनि उसले राम्रो प्रदर्शन गरेर सबै समर्थकलाई आशावादी बनाएको थियो।

corrent noodles
Metro Mart

अट्याकिङ फुटबल खेल्ने पोर्चुगलविरुद्ध स्विटजरल्यान्ड पनि राम्रो टेक्निकल खेल खेल्ने टिम हो। बलियो टोलीविरुद्ध सम्हालिएर खेल्ने स्विटजरल्यान्डले बलियो मानिएका टिमविरुद्ध विगतमा प्रभावशाली जित निकालेको रेकर्डहरू पनि छन्। जेर्दान शकिरी, भार्गास जस्ता अनुभवी खेलाडीको साथमा स्विस टोलीले पोर्चुगलविरुद्ध राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक आशावादी देखिन्छन्। साथै स्विटजरल्यान्डका मुख्य प्रशिक्षक मुरात याकिनपोर्चुगलविरुद्ध जितको हकदार रहेको बताउँछन्। तर पोर्चुगल पनि  बलियो तथा उपाधि दाबेदार टोली रहेका कारण उनीहरूविरुद्ध खेल्न सहज नहुने उनी बताउँछन्। 

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ हामी क्वाटर फाइनल पुग्नका लागि बलियो टोलीविरुद्ध खेल्दै छौं। पोर्चुगल आफैँमा बलियो तथा उत्कृष्ट टिम हो। तर हामी पनि राम्रो लयमा खेलिरहेका छौं। मलाई लाग्छ हामी जितको हकदार हौं। हामीले यसअघि केही समय अगाडीमात्रै पनि उनीहरूविरुद्ध दुई खेल खेलिसकेका छौं। जसले गर्दा हामीलाई पोर्चुगलविरुद्ध खेल्न केही सहज पनि हुनेछ।ʼ आफ्नो टिम पोर्चुगलविरुद्ध मैदान उत्रिन तयार रहेको उनी बताउँछन्। 

ʻहामी पोर्चुगलविरुद्ध मैदानमा उत्रिन तयार छौं। तर यो नकआउट चरण हो। यहाँ जे पनि हुन सक्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। सुरुवाती तीन खेलले खेलाडीलाई केही अनुभव बटुल्ने मौका पनि दिएको छ। जसले गर्दा हामी मानसिक रूपमा तयार भइसकेका छौं,' उनले भने।

रोनाल्डोको प्रति नै टिममा शंकाः पोर्चुगल टिमका कप्तान रोनाल्डो आफैँमा फुटबल जगतको ठूलो नाम हो। उनको नेतृत्वमा पोर्चुगल मैदानमा उत्रिँदै गर्दा समर्थक उनीमाथि धेरै विश्वास गर्नेगर्छन्। उनले आफ्नो नेतृत्वमा टिमलाई केही सफलता पनि दिलाएका छन्। तर अहिले समय परिवर्तन भइसकेको छ, आफूमाथि आशा राख्ने टिम तथा समर्थकलाई रोनाल्डोले अहिले त्यो खुसी दिन सकिरहेका छैनन्। किनकि यो सिजन उनी राम्रो लयमा छैनन्। म्यानचेस्टर युनाइटेडबाट टिममा स्थान बनाउन संघर्ष गरिरहेका रोनाल्डो पिरेस मोर्गानसँगको विवादास्पद अनतर्वातापछि युनाइटेडबाट बाहिरी सकेका छन्। उनी अहिले क्लबविहीन छन्। उनै रोनाल्डोले विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। तीन खेल खेल्दा पेनाल्टीमार्फत एक गोल गर्नुबाहेक उनले गोल पनि गर्न सकेका छैनन्।

प्रकाशित: Dec 06, 2022| 09:11 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।