मंगलबार, फागुन १९, २०८२

क्रोएसियाले जापनालाई पेनाल्टी सुटआउटमा हरायो

निर्धारित ९० मिनेटसम्म १-१ को बराबरी र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम आठको यात्रा तय गरेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- निर्धारित ९० मिनेटसम्म १-१ को बराबरी र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम आठको यात्रा तय गरेको छ। कतारमा जारी फिफा विश्वकप अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा क्रोएसियाले बराबरी खेलेको हो।

बराबरी गर्ने क्रममा दोस्रो हाफमा क्रोएसियाका इभान पेरिसिचले गोल फर्काएका थिए। त्यसअघि खेलको पहिलो हाफको ४३औं मिनेटमै जापानका डाइजेन मिइडाले गोल गर्दै अग्रता बनाएका थिए।

यससँगै पहिलो हाफमा जापान एक गोलले अघि थियो। तर ५९ प्रतिशत समय बललाई नियन्त्रण गरेको क्रोएसियाले दोस्रो हाफमा गोल फर्काइहाल्यो। यससँगै खेल १-१ को बराबरीको अवस्थामा पुग्यो। थपिएको ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न सकेनन्।

अन्तिममा पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडी चुकेपछि क्राएसियाले ३-१ को जित निकालेको हो। यससँगै विश्वकपमा क्रोएसिया तीन पटक नै पेनाल्टी सुटआउटमा अघिल्लो चरणमा पुगेको छ।

अघिल्लो विश्वकपमा पनि क्राएसियाले डेनमार्क र रसियालाई पेनाल्टी सुटआउटमा हराएको थियो। यसपटक उसले जपानालाई हराएको हो। यो जितसँगै क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिलसँगको भेट निश्चित गरेको छ। यता, जापान भने बाहिरिएको छ।

kumari

त्यसैगरि, सोमबार राति नै भएको फिफा विश्वकपको अन्तिम १६ को खेलमा सानदार जित निकाल्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको थियो। पहिलो खेलमा सर्बियाविरुद्ध खेल्दा घाइते भएका नेयमार फर्किएको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले हराएको हो।

ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको सातौं मिनेटमा, १३ औं मिनेटमा नेयमारले पेनाल्टीको अवसरमा विश्वकपको आफ्नो पहिलो गोल गरे। 

फे, रिचार्लिसनले २९ औं मिनेटमा र लुकास पकेटाले ३६ मिनेटमा गोल गरेपछि पहिलो हाफमा नै ब्राजिलले ४-१ को अग्रता बनाइसकेको थियो। दोस्रो हाफमा दक्षिण कोरियाले गोल फर्काए पनि ब्राजिलले सहज र सादानर जित निकालेको हो। अब यी दुई टिमल क्वार्टरफाइनलमा आगामि शुक्रबार एजुकेसन सिटी रंगशालामा खेल्नेछन्।

प्रकाशित: Dec 06, 2022| 07:23 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।