आइतबार, वैशाख १६, २०८१

विश्वकप फुटबल : नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो। 

triton college

चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिलले विश्वकप २०२२ को अन्तिम आठको यात्रा तय गरेको छ।

पाँचपल्टको विश्वकप विजेता ब्राजिलले कोरियालाई निरीह तुल्याउने क्रममा पहिलो हाफमै चार गोल गर्‍यो। नेयमरले सिर्जना गरेको अवसरमा भिनिसियस जुनियरले सातौं मिनेटमै गोल गरे। रिचार्लिसनलाई फउल गरेपछि पाएको पेनाल्टीमा नेयमरले १३औं मिनेटमै ब्राजिलको अग्रता दोब्बर बनाए।

कतार संस्करणको पहिलो खेलमा सर्वियाविरुद्ध २-० ले जितेको खेलमा घाइते भएका नेयमर समूह चरणका दुई खेल गुमाएपछि मैदानमा फर्किएका हुन्। कप्तान थियागो सिल्भाको पासमा रिचार्लिसनले २९औं मिनेटमा विश्वकपमा आफ्नो तेस्रो गोल गरे। उनले सर्वियाविरुद्ध दुई गोल गरेका थिए। भिनिसियसले दिएको बललाई भलीमार्फत ल्युकास पाक्वुएटाले ३६औं मिनेटमा ब्राजिलको चौथो गोल गरे।

पाइक सुङ–होले करिब ३० यार्डबाट सशक्त प्रहार गर्दै बललाई जाली चुमाउँदै ७६औं मिनेटमा सान्त्वना गोल गरे। अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध शुक्रबार अल रायनस्थित एजुकेसन सिटी स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 06, 2022| 06:42 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।