मंगलबार, फागुन १९, २०८२

सुदूरपश्चिमले जित्यो यू-१९ क्रिकेटको उपाधि

यू १९ को फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- कीर्तिपुरस्थिति त्रिवी क्रिकेट मैदानमा सोमबार सम्पन्न भएको यू १९ क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। यू १९ को फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो।

सुदूरपश्चिमले जितको लागि ९३ रनको लक्ष्य पाएको थियो। जहाँ पहिले ब्याटिङ गरेको लुम्बिनीले २९ओभर एक बलमा पुरा विकेट गुमाएर ९२ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले २१ ओभरमै चार विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।।

सुदूरपश्चिमका लागि गजेन्द्र बेहाराले सर्वाधिक ३९ रन बनाए भने दिपक बोहराले २५ र अनुराग सिंहले २२ रनको योगदान दिए।

यता लुम्बिनीका रमेश कुमीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १–१ विकेट लिएका थिए।

पहिलो पारीमा लुम्बिनीका आकाश त्रिपतिले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। सुदूरपश्चिमका लागि मिलन बोहराले पाँच विकेट गिराए भने नरेन साउँद र हेमन्त धामीले समान २–२ विकेट लिए।

kumari

आजको खेलमा पाँच विकेट लिएका मिलन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनले प्रतियोगिताभ सात खेल खेलेर १६ विकेट लिए। उनले उत्कृष्ट ब्याटिङ पनि गरेका छन्।

प्रतियोगितामा १७० रन बनाएका उनले फाइनलमा नै पाँच विकेट लिएका हुन्। यससँगै उनले १५ हजार रुपैयौ पुरस्कार पनि पाए। प्रतियोगितामा १६ विकेट नै लिएका प्रदेश १ का दिपेश कँडेले उत्कष्ट बलर चुनिए। यद्यपी सुदूरपश्चिमका हेमन्तले भने १७ विकेट लिएका छन्।

फाइनलमा दुई विकेट लिएसँगै उनी प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन्। यता, छ खेलमा एक सतकसँगै २५१ रन बनाएका बागमतिका प्रतिक श्रेष्ठ उत्कृष्ट ब्याटर बने। उद्यपी उनका टिम फाइनलमा पूग्न सकेन।

प्रकाशित: Dec 05, 2022| 15:54 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।