काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरे उजुरी बिहिन भएका छन् ।
संसदीय सुनुवाइ विशेष समितिले उनीविरुद्ध उजुरी दिन गरेको आह्वानमा एउटै उजुरी नपरेपछि उनी उजुरी बिहिन भएका छन् । समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश दिनभित्र कुनै उजुरी भएमा समितिमा दर्ता गर्न आग्रह गरेको थियो ।
समितिले दिएको म्याद सोमबार सकिएको छ । तर, उनीविरुद्ध कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ । उजुरी नपरेपछि उनको सुनुवाई प्रक्रिया अघि बढाउन समितिको बैठक सोमबार बस्दैछ । उनको असोज ४ गते संसदीय सुनवाई गर्ने तयारी समितिको तयारी छ ।
करिब ७ महिनादेखि नेतृत्व बिहिन अवस्थामा रहेको अख्तियारको नेतृत्व घिमिरेले गर्ने करिब निश्चित जस्तै बनेको छ । उनको सुनुवाई सकिएलगतै समितिले नाम अनुमोदन गर्ने नयारी गरेको समिति स्रोतले जनाएको छ । दुई तिहाई बहुमतबाट अस्विकृत गर्नसक्ने प्रावधान पनि छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४